आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रहरी विद्यार्थी सम्पर्क अभियान बागलुङ पनि सुरु

प्रहरी विद्यार्थी सम्पर्क अभियान बागलुङ पनि सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७६, बुधबार

बागलुङ, २५ मंसिर – विद्यार्थीहरुलाई असल नागरिक बनाउने उदेश्यसहित सञ्चालन गरिने प्रहरी विद्यार्थी सम्पर्क अभियान बागलुङ पनि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा यो अभियान सुरु गरिएको हो । लागु औषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले  जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग सम्पर्क अभियान सञ्चालन गरिरहेको छ ।

अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय बागलुङले समुदाय प्रहरी कार्यक्रम एवं प्रहरी विद्यालय सम्पर्क कार्यक्रम बागलुङ नगरपालिका १४ बलेवा स्थित धवलागिरी पोलिटेक्निक ईन्स्टिच्युटमा मंगलबार गरेको छ । ईन्स्टिच्युटमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरुलाई जिल्लाा प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टले लागु औषध दुर्व्यसनी, साईबर क्राईम, मानब वेचबिखन तथा ओसारपोसार, महिला तथा बालबालिका बिरुद्द हुने हिंसा तथा रोकथामका उपायहरुका बिषयमा प्रशिक्षण दिए ।  सो कार्यक्रममा ईन्स्टिच्युटका शिक्षक शिक्षिका एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->