आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आत्मवलले आइकन( खेलकुद ) बनेका यी यात्रीहरु !

आत्मवलले आइकन( खेलकुद ) बनेका यी यात्रीहरु !

सन्दुक रुइत भन्छन्,‘हे भगवान राजनीति नपसोस्, हामी गर्न सक्छौँ !’


  • ढोरपाटन संबाददाता
  • मंसिर २९ २०७६, आइतबार

पोखरा,२९ मंसिर – क्रान्तिकारी गीतले उनी जुरुक्क–जुरुक्क हुन्थिन् । घरको अवस्था राम्रो थिएन । १२ वर्षमा स्कूल छाडनु प¥यो । गाउँघरमा डर मात्रै हुने । भीडन्त हुने । कसले मार्छ भन्ने थाहा हुँदैनथ्यो । घरमै आएर लैजान्छ अरे भन्ने पनि हुन्थ्यो । तर, कसले लैजाने थाहा थिएन ।पाँचजनाको परिवारकी जेठी छोरी मीरा राईले क्रान्ति रोजिन् । १४ वर्षको उमेरमा उनी माओवादी जनयुद्धमा होमिइन् । बन्दुक बोकिन् । उनका अंकल सेनामा थिए । छोरी दुस्मनको मोर्चामा जाँदा मन दुख्नु अस्वभाविक थिएन । मोर्चामा थिइन् तर सेना समायोजनमा उनी ‘अयोग्य’ घोषित भइन् । उनी सिन्धुली नै बसिन् । युएनडिपीको सहयोगममा उनले पढ्ने अवसर पाइन् । एसएलसी गरिन् । जेटिए गरिन् । पछि कराँते सिकिन् । २०१४ मा ओपन हिमालयन टे«ल रेसबाट सुरु भएको यात्रा २० औँ पटकको सहभागितामा पनि उस्तै छ । अल्ट्राधावक मीरा राईलाई सिएननले पनि चिनायो । उनी नेपालमा मात्रै नभएर विश्वमै चिनिइन् ।
…………………
ननिता महर्जनले विहेपछि खेलकुद छाडिन् । टिभी हेर्दा गेम आउथ्यो, भलिबल, देख्यो कि खेलिहालौँ जस्तो लाग्ने । मन गइहाल्ने । माइग्रेन्टले च्याप्दा डाक्टरले ६ महिनाको एकैचोटी औषधी दिएर पठाउनुभयो, एक पोका औषधी देखेपछि यति रिस उठ्यो’, बडिबिल्डर ननिता राईले भनिन्,‘म बडिबिल्डिङमै गएको थिइन तर श्रीमानले अब एक्सरसाइज गर्नुपर्छ भन्नुभयो तर त्यहाँ केटीको लागि राम्रो जिम नै थिएन । लेडिज भएको ठाउँमा लैजानुभयो । सुरुमा जुम्बा, एरोबिक्स गरेँ तर साह्रै गाह्रो भयो । पछि साइक्लिङ, स्पिकिङ गरेँ । तौल घट्यो अनि शरीर कसिलो बनाउनको लागि मैले बडिबिल्डिङ रोजेँ ।’
हो, त्यही बडिबिल्डिङले उनलाई चिनायो । बैंकको आठौँ र नवौँ विश्व बडिबिल्डिङ च्याम्पियनसीपमा पदक विजेता बनिन् । उनी साहशिक आमाको रुपमा पनि दरिइन् । उनी अहिले खेलकुदको आइकन हुन् ।
………………..
हो, यी दुबै खेल आइकनले शनिबार चिसो दिनमा आफ्ना चिसा–ताता किस्सा सुनाए । नेपालको लागि खेल्दा भएका अप्ठेरा र सफलताका कथाहरु खुलेरै भने । पोखरामा जारी आइएमई लिटरेचर फेष्टिवलमा उनीहरु दुबैको एउटै कुरा थियो,‘जब म नेपालको झण्डा फहराउँछु, मलाई असाध्यै खुसी लाग्छ ।’
आफ्नो शरीर राम्रो बनाउने सोचले खेलकुदमा जमेकी ननितालाई घर र श्रीमानले खुबै सघाए रे । ‘उहाँले गरेर नै म यहाँ आएँ, श्रीमानले बच्चा हेर्नुपर्छ भनेको भए म यहाँ पुग्दिनथेँ होला !’ ननिता महर्जनले पोखरामा जारी आइएमई लिटरेचर फेष्टिवलमा केही सुनेको र केही नभनेको कथा सुनाउँदै भनिन्,‘मलाई मेरो सासु ( ममी नै भनौँ न ) उहाँले पनि गर भन्नुभयो ।’
पुरुषलाई बढी र महिलालाई कम तलब दिने गरेको उनलाई मन परेको छैन । उनी महिलालाई पनि उत्तिकै पैसा दिनुपर्ने बताउँछिन् ।

सन्दुक रुइत भन्छन्,‘हे भगवान राजनीति नपसोस्, हामी गर्न सक्छौँ !’
मीराको कुरा पनि उस्तै छ । लडाकु शिविरदेखि खालि खुट्टा दौडिएर उपाधि जितेको उनले भुलेकी छैनन् । तपाईँको बारे फिल्म बने कहाँबाट सुरु होस् भन्ने चाहनुहुन्छ ? प्रश्न सोध्ने सिवानीसिंह थारु थिइन् । मीराले सहज उत्तर दिइन्,‘दौडडा मेरो जुत्तामा प्वाल परेछ, फिल्म त्यहीँबाट सुरु होस् भन्ने चाहन्छु ।’

‘मधेशतिर जाँदा रुन मन लाग्छ, त्यहाँको स्वास्थ्यसेवा देखेर, केही न केही त गर्नैपर्छ’उनले भने,‘ लिडरसीप म्यानेजमेण्ट र क्यालिटी इस्योरेन्स । हे भगवान राजनीति नपसोस् ( स्वास्थ्यमा) , हामी गर्न सक्छौँ ।’
‘सन्दुक रुइत आफैमा व्यक्ति होइन, उहाँ संस्था हो’, सूत्रधार रवि लामिछानेले भने,‘ ओलाङचुङ्लाबाट यहाँ आउन सजिलो थिएन ।’
आइएमई लिटरेचर फेष्टिवलअन्तर्गत शनिबार दृष्टिदान शीर्षकमा गफ थाल्दै गर्दा सन्दुक खुसी र भावुक दुबै थिए । र, यही प्रश्नबाट सन्दुक मुखरित भए । म ताप्लेजुङको ओलाङचुङ्लाबाट मेरा पिताले मलाई दार्जजिङमा पढ्न लैजानुभयो, मैले त्यो समयलाई राम्रोसँग उपयोग गरेँ । कोलम्बो प्लानअन्तर्गत पढेँ, नेपाल आएर देशका कुनाकाप्चा पुगेँ र फेरि भारतमा पढ्न जान पाएँ ।’
उनी यसो भनिरहँदा सोचमग्न पनि देखिए । ‘म कहाँ थिएँ र के भएँ, आफैले पनि सोच्न सक्दिन’, उनले थपे । तिलगंगा आँखा अस्पतालको चर्चा गरेपछि रविले १ लाख २५ हजारलाई दृष्टिदान दिइसक्नु भएको प्रसंग पनि जोडे र अघि बढे सोधे,‘यस्तो व्यक्ति सही भएर हुने रहेछ कि व्यवस्थापकीय क्षमता पनि ?’
सन्दुकले इमान्दिरता र प्रतिवद्धता चाहिने कुरालाई बढी जोड दिए । ‘निर्णय क्षमता हुनुप¥यो, हाम्रोजस्तो संस्था राजनीतिबाट टाढा बस्नुप¥यो । मेरो उपलब्धिको कुरा गर्दा मैले मेरो संस्थालाई राजनीतिबाट टाढा राख्न सकेँ’, उनले जोड दिए,‘ सक्दो रहेछौँ । फेरि एकचोटी के भन्छु भने, यो काम म एक्लैले गरेको हैन । ’
‘हाम्रा अन्य अस्पतालहरु बेथितिमा चलेका छन्, ती तिलगंगाकै जस्तो गरि चल्न सक्छन् त ?’,रविको अर्को प्रश्न थियो ।
रुइतका अनुसार स्वास्थ्यमा धनीलाई एउटा र गरीबलाई अर्को सुविधा हुँदैन । अहिले राज्यले संचालन गरेको स्वास्थ्य संस्थाहरुमा केही न केही समस्या भएर गुणस्तर कम भएको छ । यो सबै समस्याले गर्दा भ्रष्टाचार भएको र बजारमा स्वास्थ्य संस्थाहरु पनि च्याउजस्तै उम्रिएको उनको तर्क थियो ।
सन्दुक भावुक थिए । संचारमाध्यममा सार्वजनिक भएका केही विषयहरुबारे उठान गर्दा उनी अझ सुरिलो सुनिए । म मेरो पेशालाई असाध्यै मन पराउँछु । पेशालाई जति मन परायो, त्यति नै प्रभावकारिता बढ्छ । गोर्खामा शिविर गर्दा कान्छीमायालाई सिन्धुपाल्चोकबाट गोर्खामा उहाँका श्रीमानले ल्याएका रहेछन् । भने,‘बालकलाई पनि अन्धो भएर पनि जन्माएकी थिइन्, हामीले उहाँको आँखाको शल्यक्रिया ग¥यौँ र उहाँको पट्टी खोलेपछि उनी मुसुक्क हाँसिन्, उनी अप्रेसन गर्नुभन्दा अघि ६० वर्षजस्तो लाग्थिन्, उनी २० वर्ष कमकी देखिइन् । उनको बच्चालाई हामीले काखमा राखिदियौँ, उनले बच्चा पाएको त थाहा त थियो तर उनको हातले गालामा सुम्सुुम्याइन् र उनले चुप्पा गरिन् र उनले काखमा राखेर रोइरहिन् । जुन बच्चालाई ९ महिना राखेर जन्माएको त्यसलाई देख्न पाउँदा कस्तो होला ?
एक वर्षअघि हेटौँडा अस्पतालमा रोसनको अप्रेसन ग¥यौँ । हामीले उसको फकाएर फुलाएर अप्रेसन ग¥यौँ । रोसनबाबु के खाने आँखा देखेपछि के खाने भनेँ, उसले मम खाएकै छैन खाने भन्यो, जुलेवी खाएकै छैन, खाने भन्यो । रोसनको आँखा खोलेपछि म थाकेको थिएँ र रोसन आएर मेरो कपाल र गाला सुम्सुम्याउन थाल्यो, मैले चस्मा खोलेँ, सायद, उसले मेरो आवाज सुनेर मतिर झम्टिएजस्तो लाग्यो । यस्ता क्षण धेरै छन्,मेरो जीवनमा ।
सन्दुकलाई पनि व्यक्तिगत श्रीवृद्धिमा लागौँ भन्ने उनलाई पनि लाग्यो रे । तर,डाक्टरले सेवा भाव बिर्सनु हुँदैन भन्दै खाएको कसम बिर्सनु हुँदैन रे । नेपालमा चाहिनेभन्दा बढी व्यापारिकरण भएको उनको ठम्याई छ ।
उनी फेरि तराईतिर फर्के । तराईको अवस्था हे¥यो भने रुन मन लाग्छ भन्ने दोहो¥याए । ‘सरकारले एउटा राम्रो मोडल सेटअप ग¥यो भने त्यही मोडलमा अघि बढ्न सकिन्छ । हामीकहाँ अन्धोपन यति छौँ र उति छौँ भन्नु, नेपालमा अन्धोपन निवारणको लागि राम्रो सोलुसन छ भन्ने थाहा छ’, उनले भने,‘ त्यो अफ्रिका र एसियाका विभिन्न देशमा फैलिएको छ । यो नेपालको संसारलाई देन हो भन्ने लाग्छ, नेपाली झण्डा लिएर धेरै ठाउँमा जान सक्छौँ भन्ने लाग्छ ।’
सन्दुकका अनुसार यहाँ १५ हजार २० हजारभन्दा बढी तिर्नु पर्दैन, त्यही विकशित देशमा करिब ५ हजार डलरभन्दा कम पर्दैन । संसारमा २० मिलियन मान्छेलाई शल्यक्रियाको जरुरी छ र नेपालमा २ लाख मान्छेलाई मोतियाविन्दुको शल्यक्रिया जरुरी छ । उनीहरुले अप्रेसन पाए आँखा देख्न सक्छन् । हाम्रो कोशिस जारी छ, आउँदो १० वर्षमा यतातिर ध्यान दिएर जान जरुरी छ ।
‘आँखाको क्षेत्रमा हामी भाग्यमानी छौँ, यहाँ असाध्यै राम्रा ५० भन्दा बढी डाक्टर हुनुहुन्छ । यो आउँदो वर्षमा बढ्दै जान्छ ’, उनले भने,‘ प्रि स्कूलमा साना नानीलाई भर्ना गराउँदा नै आँखाको जाँच गराउनुहोस् ।’उनले अन्त्यतिर नेपालीमा नै आफ्नो आत्मवृत्तान्त आउनु सुखद भएको बताए । अन्धोपनकोबारेमा सचेतना र अन्य ठाउँमा अस्पताल बनाउन यो किताबले सहयोग गरेको बताउँदै उनले निजगढमा अस्पताल बनाउन यही किताबको माध्यमबाट केही जम्मा भएको बताउँदै थपे,यो अभियान अब १० वर्ष जारी राख्नेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->