बागलुङ, ३० मंसिर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन छैठौंले आगामी चैत महिनामा संघियता विरुद्ध काठमाडौँमा विधार्थी मार्च गर्ने तयारी गरेको छ । संघियताले नेपालको अस्तित्व समाप्त गर्ने यसको खारेजीको विकल्प नभएको छैठौंको निष्कर्ष रहेको छ । जसअन्तर्गत देशभरका बिभिन्न ठाऊँहरुमा आन्दोलनको तयारी स्वरुप विभिन्न कार्यक्रमहरु सन्चालन भएका छन् । सोही अभियान अनुसार सोमबार ढोरपाटन नगरपालिकामा अखिल छैठौंको नगर भेला सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि युनियनका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेले कालापानी लिपुलेक लिम्पियाधुरा लगायतका अन्य ठाउँमा रहेको सिमाबिबाद संघियताको उपज रहेको बताए। पाण्डेले संघियता टिकिरहने अवस्था रहे नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्ता नै गुम्ने खतरा हुने भन्दै आफुहरुले स्वाधीनताको रक्षाको लागि संघीयता विरुद्ध काठमाडौँमा विधार्थी मार्च गर्ने तयारी गरेको बताए ।

भेलाले विवश छन्त्यालको अध्यक्षतामा १५ सदस्यीय अखिल छैठौं ढोरपाटन नगर कमिटी गठन गरेको छ । उपाध्यक्ष, सचिब ,सहसचिव ,र कोषाध्यक्षमा कम्रश निलम अदै ,सर्मिला वि क, एलिना बि क ,मोनिका भण्डारी रहेका छन । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य धन ब अदै, ढोरपाटन नगरपालिका सचिव तुल्सी राम खरेल ,लगायतका नेताहरुले बोलेका थिए । कार्यक्रम मदन भुसालको स्वागत र विवश छन्त्यालको सन्चालनमा सम्पन्न भएको थियो ।