पर्वत, १ पुस – हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमिनीघाट सडकखण्डको कालोपत्रे गरिने भएको छ । सो सडकको कालेपत्रका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मंगलवार एक कार्यक्रमका वीच शिलान्यास गरे । सडकको शिलान्यास पछि बोल्दै मन्त्री बस्नेतले सडकको गुणस्तरीयता र दीगोपनाको लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहने भएकाले सडकको निगरानी र निर्माण कम्पनीलाई सहयोग गर्न आग्रह गरे । वर्तमान सरकार आफ्नो कार्यअवधिभित्र मुलुकको सबै विकासका पूर्वाधारलाई अघि बढाउने क्रममा रहेको वताउँदै मन्त्री वस्नेतले आर्थिक समृद्धिको एजेण्डालाई निष्कर्षमा पु¥याउ सबै नागरिकको दायित्व र जिम्मेवारी रहेको वताए ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले हिलेखोला–कार्कीनेटा–खलडाँडा सडकको कालोपत्रेसँगै फलेवास नगरपालिकाको विकास र समृद्धिको अभियानलाई थप टेवा पुगेको धारणा राखे । नगरप्रमुख शर्माले कुैपनि काम निर्धारित समयमै सम्पन्न हुन स्थानीय जनताको समेत सहयोग आवस्यक रहेको भन्दै सडकको गुणस्तर र छिटोछरितो कामको लागि निर्माण कम्पनीलाई सहयोग गर्न आग्रह गरे।
फलेवास नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले सडकको कुल लागत स्टिमेटको बारेमा प्रकाश पार्दै निर्धारित समयमै सडकको काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीलार्इ निर्वाध काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा कुरामा जोड दिए । कार्यक्रममा कुश्मा नगरपालिकाको तर्फबाट वडा नं १४ का वडाअध्यक्ष भीमबहादुर गुरुङले सडकको काम समयमा सम्पन्न गर्न स्थानीयको समेत सहयोग आवस्यकता रहेको वताए । उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, नेपाली काँग्रेसका जिल्लाकार्य समिति सदस्य देवीप्रसाद विलासी र फलेवास नगरपालिकाकाप्रवक्ता टीकाराम गौडेल लगायतले कालोपत्रेको काम समयमा नै समपन्न गर्नुपर्नेमा जोड दिए ।
फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको संचालन फलेवास नगरपालिकाका योजना सल्लाहकार देवीप्रसाद तिमिल्सिनाले र स्वागत मन्तव्य वडा नं १ का वडाअध्यक्ष वावुराम शर्माले ब्यक्त गरे ।
आगामी २०७७ साल मंसीर २८ गतेसम्म कालोपत्रे गरिसक्नेगरि हिमदुङ एण्ड थोकर कम्पनी प्रालि काठमाडौलाई निर्माणको जिम्मा दिइएको उक्त सडकको कुल लागत १६ करोड ६ लाख ४३ हजार नौसय ९० रुपैयाँ रहेको छ । निर्माण गरिने सडक खण्डको लम्बाई ५ दशमलव ३ किमि रहेको पूर्वाधार कार्यालयले जानाकारी दिएको छ ।





