बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा महानगरमा २१ स्वास्थ्य चौकी निर्माण गरिने

पोखरा महानगरमा २१ स्वास्थ्य चौकी निर्माण गरिने


  • ढोरपाटन संबाददाता
  • पुष २ २०७६, बुधबार

पोखरा,२ पुस – पोखरा महानगरपालिकाका २१ वटा वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिने भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा १९ वटा स्वास्थ्यचौकी निर्माण गरिने भएको हो । २ वटा स्वास्थ्य चौकीमा भने राष्ट्रिय योजना आयोगसँग महानगरपालिकाले साझेदारी गरेको छ ।
एउटा स्वास्थ्य चोकी भवन निर्माणको लागि ६३ लाखका दरले रकम विनियोजन गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । उनका अनुसार यो आर्थिक वर्षमा ती सबै स्वास्थ्य चौकीको निर्माण कार्य सुरु गरिने र १५ महिना भित्र निर्माण सम्पन्न गरिनेछ । वडा नम्बर १ देखि १५ सम्म र १७, २९ ३२, ३३ नम्बर वडामा स्वास्थ्य चौकी निर्माण हुनेछ ।
यसैगरि नेपाल सरकार राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाडौंको विशेष अनुदान र महानगरको लागत साझेदारीमा २ वटा वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गरिने भएको छ । वडा नम्बर २४ र २५ मा कुल ३ करोड २२ लाखमा एउटा स्वास्थ्य चौकी निर्माण गरिने र यसका लागिप्रति स्वास्थ्य चौकी बहुवर्षीय आयोजना अन्तर्गत राष्ट्रिय योजना आयोगबाट १ करोड बजेट विनियोजन समेत भएको महानगरका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->