मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बालिका बलात्कारका आरोपीलाई जिल्ला अदालत तनहुँद्वारा जन्मकैदको फैसला

बालिका बलात्कारका आरोपीलाई जिल्ला अदालत तनहुँद्वारा जन्मकैदको फैसला


  • Dhorpatan News
  • पुष ३ २०७६, बिहिबार

तनहुँ,३ पुस – जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका एक युवालाई जन्मकैदको फैसला गरेको छ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास-७ का नवीन थापालाई अदालतले चार लाख रुपैयाँ क्षतिपूर्ति सहित जन्मकैदको फैसाला गरेको हो । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको बताएको छ ।बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।बालिकालाई क्षतिपूर्ति बापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ ।गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए । उनी साउन २४ गतेदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->