आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युवा संघ बागलुङको एकता टुंगियो

युवा संघ बागलुङको एकता टुंगियो


  • ढोरपाटन संबाददाता
  • पुष ८ २०७६, मंगलबार

बागलुङ, ८ पुस – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति बागलुङ र स्थानीय तहहरुकोे एकता प्रकृया टुंगो लागेको छ । संघले मंगलवार जिल्ला इन्चार्ज र सह–इन्चार्ज र स्थानीय तहका संयोजक तथा सह संयोजककोे नाम सार्वजनिक गर्दै एकता प्रकृया टुंगो लागेको जनाएको हो । संघको इन्चार्जमा नरेश केसी र सह–इन्चार्जमा सम्पन्न श्रेष्ठलाई तोकिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बागलुङ १० वटै स्थानीय तहमा संयोजक र सह–संयोजक टुंगो समेत लगाएको छ । संघले दशवटै पालिकामा साविक वाइसिएल नेपाल र साविक युवा संघ संयोजक र सह–संयोजक हुने गरि इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको हो । संघले साविक वाइसिएल नेपालबाट तमानखोला गाउँपालिकामा छबि श्रीपाली, निसीखोला गाउँपालिकामा कमल थापा, ताराखोला गाउँपालिकामा जीवन बस्नेत, बरेङ गाउँपालिकामा टेकबहादुर पुन र गलकोट नगरपालिकामा मनोजकुमार थापालाई इन्चार्ज बनाइएको छ भने युवा संघबाट सह–संयोजक तोकिएको छ । त्यस्तै साविक युवा संघबाट ढोरपाटन नगरपालिकामा उमेश श्रीपाली, बडिगाड गाउँपालिकामा हितमान शेरचन, जैमिनी नगरपालिकामा राम पौडेल, बागलुङ नगरपालिकामा दिपेन्द्र रेग्मी र काठेखाला गाउँपालिकामा खडक बहादुर विक लाई इन्चार्ज बनाइएको छ ।

उक्त पालिकाहरुमा साविक वाइसिएल नेपालबाट सह–संयोजक रहने व्यवस्था गरिएको छ । जिल्ला कार्य समितिमा साविक युवा संघका रेशम घर्ती मगर संयोजक र वाइसिएल नेपालका रमेश घर्ती मगरको सह–संयोजकत्वमा ६८ सदस्यीय कार्य समिति निर्माण गरेको छ । जिल्ला कार्य समितिमा ३४ सदस्य युवा संघ र ३४ सदस्यी वाइसिएल नेपाल गरि भागभण्डा गरिएको छ । समितिले ३ जना सदस्यलाई मनोनित गर्ने जिल्ला कार्य समितिले जनाएको छ । कार्यक्रममा नेकपा बागलुङका संगठन विभाग प्रमुख लाल बहादुर थापा र संघका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य नरेश के.सीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका संयोजक रमेश घर्तिको अध्यक्षता र संघका सह–संयोजक रमेश घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->