पोखरा,२५ पुस – गण्डकी प्रदेश सरकारले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले आउँदो माघ १ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।यस पर्वलाई थारु समुदायले नयाँ वर्ष मान्ने गर्छन् भने मगर समुदायले पनि धुमधामका साथ मनाउने गर्छन् । गएको वर्ष पनि माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिइएको थियो । माघे सक्रान्ति बिदा दिने निर्णय गरिएको भएपनि पुष २७ गते पृथ्वी जयन्तीका दिन बिदा छैन । यसअघि प्रदेश सरकारले पुष १५ गते तमु ल्होसारको दिन बिदा दिएको थियो ।





