बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकाबीच भगिनी सम्बन्ध

बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकाबीच भगिनी सम्बन्ध


  • Dhorpatan News
  • माघ ३ २०७६, शुक्रबार

तनहुँ,३ माघ – पहाडकी रानी उपनामले चिनिने तनहुँको बन्दीपुर गाउँपालिकाले गुल्मीको धुरकोट गाउँपालिकासँग भगिनी सम्बन्ध जोडेको छ। बन्दीपुर गाउँपालिकाले धुरकोट गाउँपालिकासँग पर्यटन प्रवद्र्धन र होमस्टे, तरकारी, कफी खेती विस्तारका साथै अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध जोडेको हो। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा र गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले एकापसमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरेका थिए। बन्दीपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन र धुरकोट गाउँपालिकाले हासिल गरेको उत्पादनका बारेमा अनुभव आदानप्रदान गरी स्वरोजगारका अवसर सिर्जना गर्ने विषयमा दुई पक्ष विच आपसी सहमति गरेका हुन्। यसअघि नै बाग्लुङको ताराखोला गाउँपालिकासँग बन्दीपुर गाउँपालिकाको भगिनी सम्बन्ध गाँसिसकेको छ। सोही अवसरमा गुल्मीको धुरकोटबाट ल्याइएको कफी बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापालाई उपहार स्वरुप प्रदान समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->