आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सभासद राजीव ‘दीपक मनाङे’ प्रहरी हिरासतमा

सभासद राजीव ‘दीपक मनाङे’ प्रहरी हिरासतमा

गल्ती नगरेकोलाई नियन्त्रणमा लिइयो ः राजीव गुरुङ( दीपक मनाङे)


  • ढोरपाटन संबाददाता
  • माघ ९ २०७६, बिहिबार

पोखरा,९ माघ – गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई कास्की प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङले दिएको जाहेरीको आधारमा उनलाई कास्की प्रहरीले विहीबार दिउसो लेकसाइडको होटल प्याराडाइजबाट पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयले मनाङेलाई पक्राउ गर्न आदेश दिएलगत्तै उनी पक्राउ परेका हुन् । पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालयमा सभासद राजीव सामान्य अवस्थामा देखिएका थिए । उनी पक्राउ परेलगैत्त जिल्ला प्रहरी कार्यालयमा उनका आफन्तहरु सुत्ने कपडासहित पुगेका थिए । सामान्य ट्रयाकसुटमा रहेका मनाङलेको हाउभाउ हेर्दा लाग्थ्यो,‘उनी मानशिक रुपमा हिरासतमा बस्न तयार छन् ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले पनि त्यो मानशिकताको प्ुष्टी गरे । उनले भने,‘उहाँ ( सभासद गुरुङं) ले नै मुद्दा सार्वजनिक मुद्दा परेपछिको प्रक्रियाबारे बताउनुभयो, बरु उहाँले पत्रकारले पनि कुरा बुझ्दा रहेनछ्न पो भन्नुभयो ।’डिएसपी केसीले प्रहरी हिरासतमा आइसकेपछि प्रक्रिया पु¥याएर मात्रै छाडिने बताए । ‘यहाँ आएपछि सबै कानूनी प्रक्रिया हुन्छ’, उनले भने,‘ उहाँ सभासद भए पनि कानूनको नजरमा सबै बराबर हुन् ।’ उनले सभासद गुरुङसँग सामान्य सोधपुछ गरिएको र शुक्रबार म्याद थप हुनसक्ने बताए ।
पक्राउपछि सभासद गुरुङको परिवारलाई जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उनले पनि प्रक्रिया पूरा गरेर मात्रै मनाङेलाई छाडिने जानकारी दिए ।
उजुरी परेसँगै प्रहरी पक्राउ गर्ने तयारीमा
जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रदेशसभा सदस्य राजीवविरुद्ध जाहेरी परेसँगै कास्की प्रहरी गुरुङका हरेक गतिविधिमा निगरानी गरिरहेको थियो । यसअघि नै कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले उजुरी परे कसैलाई पनि नछाड्ने बताएका थिए । बुधवार गुरुङ विरुद्ध उजुरी परे पनि पक्राउ पर्जी भने विहीबार मात्र आएको हो । पक्राउ पूर्जी आएलगतै पक्राउ गर्न कास्की प्रहरी बिहान देखि नै तयार रहेर बसेको स्रोतले बताए । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले सम्बन्धित क्षेत्रका प्रहरीलाई पक्राउ पूर्जी आउने बित्तिकै पक्राउ गर्न निर्देशन दिएका थिए ।
राजीव गुरुङ निकट केही व्यक्तिले कास्की प्रहरी प्रमुख कार्की र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई फोन गरेको स्रोतको दावी छ । स्रोतका अनुसार प्रहरी प्रमुखलाई राजीवको मुद्दालाई कम्जोर बनाउन र केसीलाई बेलुका कार्यालय समयको पछिल्लो समयमा पक्राउ पूर्जी जारी गर्ने कसरत समेत गरेका थिए ।
मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको छ । उक्त व्यवास्था अनुसार दोषि ठहरिएमा १ वर्ष सम्म कैद सजाय वा १० हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुनेछ ।
‘यो मुद्दा हेर्ने नै जिल्ला प्रशासनले हो’ एसपी कार्कीले भने,‘जिल्ला प्रशासनबाट पक्राउ आदेश लिएर अगाडि बढेकोले यो विषयबस्तु त्यही प्रक्रियामा अगाडि बढ्छ ।’विहीबार बिहान १० बज्न नपाउदै कास्की प्रहरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दीपक मनाङेलाई पक्राउ पूर्जी लिन गएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले दिउँसो साढे ३ बजे मात्र पक्राउ गर्ने अनुमति दिएको थियो । पक्राउ गर्ने अनुमति दिएको आधा घण्टाभित्र कास्की प्रहरीले दीपक मनाङेलाई पक्राउ गरेको हो ।बिहिबार दीपक मनाङेले राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन कार्यालय पुगेर मतसमेत हालेका थिए ।

गल्ती नगरेकोलाई नियन्त्रणमा लिइयो ः राजीव गुरुङ( दीपक मनाङे)
पक्राउ परेपछि राजीवले गल्ती नगरेकोलाई नियन्त्रणमा लिएको बताएका छन् । गल्ती नगरि पक्राउ पर्नुमा उनले कानूनमा भएको अस्पष्टतालाई दोष लगाए । ‘पहिला अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने हो’,मनाङेले भने,‘विदेशमा अनुसन्धान गरेर पक्राउ गरिन्छ नेपाल विदेशमा जस्तो छैन ।’ साँचो बोल्ने पक्राउ परेको ठगी गर्ने मान्छे बाहिर रहेको मनाङेको जिकिर थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि ठगीको जाहेरी हालेर मुद्दा अघि बढाउने योजना रहेको उनले बताए । ‘चिनेजानेको केटा भनेर म मुद्दामा गइन’,उनले भने, ‘हातले १÷२ पटक झापड हान्नु सामान्य कुरा हो ।’ बुधबार आफैले पत्रकार सम्मेलन गरेर दीपक मनाङेले मिलनलाई झापड हान्नु नै उपयुक्त कार्वाही रहेको बताएका थिए ।
हो पैसा दिन बाँकी छ ः अध्यक्ष गुरुङ
एन्फा अध्यक्ष मिलन गुरुङले भने केही व्यक्तिलाई रकम दिन बाँकी रहेको बताउँदै आफूले कसैलाई पनि ठगी नगरेको बताए । ‘हामीलाई निकै आरोप लगाउनुभएको छ, संघमा रकम छैन आएपछि सबैलाई दिन्छु भनेकै छु ,सबैले मान्नुभएको छ, सरकारी प्रक्रियामा रकम आउन ढिला हुन्छ सबैलाई थाहा छ, मैले ठगी गरेको भए भाग्थेँ होला नि’,अध्यक्ष गुरुङले भने । आफुले मनकामना कप गर्दाको रकम केही दिन बाँकी रहेको बताउँदै उनले सांसद जस्तो व्यक्तिले हात हाल्नु उचित नभएको बताए ।। मनकामना कप गर्दाको रकम अभै नउठेकाले आफूलाई दिन निकै समस्या भएको र सबैले समस्या बुझेकै कारणले पनि पर्खेर बसेको बताउँदै रकम आउने बित्तिकै सबैलाई दिने उनले बताए ।
मिलनलाई पनि नछाडिने ः प्रहरी
जिल्ला प्रहरी कार्यालय कास्कीमा कुटपीट तथा पैसा नदिएकोभन्दै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङविरुद्ध पनि उजुरी परेको छ । उनीमाथि बुधबार पोखरा क्रियटिभ हाउसका संचालक रामकृष्ण पौडेल र विहीबार अन्य दुईजनाले उजुरी दिएका छन् । कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले उनीविरुद्ध उजुरी परेको पुष्टी गरे । ‘हामीले उनीमाथि परेको उजुरीको पनि प्रक्रिया अघि बढाएका छौँ’, उनले भने,‘उनी पनि कानूनको दायरामा आउँछन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->