आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जग्गा अभावमा चार पाङग्रेको लाइसेन्स बितरणमा ढिलाई

जग्गा अभावमा चार पाङग्रेको लाइसेन्स बितरणमा ढिलाई


  • ढोरपाटन संबाददाता
  • माघ १२ २०७६, आइतबार

बागलुङ, १२ माघ – धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालयले आफ्नो कार्यालय भवन र सवारी साधन चलाउने अभ्यानस गर्ने मैदान अभावमा लाइसेन्स बितरण गर्न सकेको छैन । २०६९ सालमा बितरण गरेपछि अहिले सम्म चार पाङग्रेको लाइसेन्स दिन नसकेको बताएको हो । लामो समयदेखि बागलुङका सेवा ग्राहीले चार पाङग्रेको लाइसेन्स लिनका लागि पोखरा धाउनु परेको गुनासो समेत गरेका छन् । ‘पहिला गाडि थिएनन्, सबैले किन्न थाले, तर यहाँ ट्रायल दिने ठाउँ छैन’ बागलुङका एक व्यवसायीले भने, ‘पोखरा पुग्दा समय र खर्चको पनि समस्या परेको छ ।’ सिकेको स्थान र ट्रायल दिने स्थान फरक पर्दा दुइ तिनपटक धाउनु परेको उनले बताए ।
यहाँको कार्यालय स्थापना भएपछि पहिलो चरणमा दुई पाङग्रे र चारपाङग्रेको लाइसेन्स बितरण भएको थियो । तर यो सेवा लामो समय टिक्न सकेन । झण्डै ६ बर्षसम्म पोल राखेर    मोटरसाईकल र चारपाङग्रे सवारीको ट्रायल गराइने प्रकृया फेरिएपछि यहाँबाट लाइसेन्स बितरण प्रकृयापनि रोकियो । यहाँको बाङगेचउरको मैदानमा साप्ताहिक रुपमा लाइसेन्स बितरण भैरहेको बेला २०७० मा आएको नयाँ मापदण्डले त्यो प्रकृया अबरुद्ध बनाएको हो । त्यो अझै सुचारु हुन सकेको छैन । यातायात व्यवस्था बिभागले लाइसेन्सका लागि नयाँ मापदण्ड बनाएपछि यो क्रम रोकिएको हो । उकालो ओरालो, बत्ति बाल्दा रोकिने, ब्रेक लगाउने, अप्ठ्यारो लगायतका सबै बिधि सिसि क्यामेराको निगरानीमा गर्ने भनेपछि बागलुङमा बितरण प्रकृया रोकिएको हो । यो प्रकृयाका लागि छुट्टै मैदान र प्रविधिको आबस्यकता परेपछि दुवै प्रकारका लाइसेन्स बितरण रोकेर पहिलो चरणमा मोटरसाईकल मात्र थालिएको कार्यालय प्रमुख पारसिंह थापाले बताए । कार्यालय समेत भाडाको घरमा संचालन छ । मोटरसाइकलका लागि ट्रायल गर्ने जग्गा पनि बार्षिक २ लाख भाडा तिर्ने गरी लिइएको छ । तर चार पाङग्रेका लागि जग्गा अभावले कुनै व्यवस्था गर्न नसकेको कार्यालय प्रमुख पारसिंह थापाले बताए । ‘जग्गाको अभाव, भाडा तिर्ने बजेटको अभाव जस्ता कारणले हामीले लाईसेन्स बितरण गर्न सकेका छैनौं’ थापाले भने, ‘उचित जग्गा भएमा सरकारले खरिद गर्ने आश्वासन दिएको छ, हामीले उपयुक्त स्थान भेटेका छैनौं ।’ कार्यालयको भाडा समेत कटौती भएर आएकोले सार्नुपर्ने अबस्था आएको उनले बताए । उनले २०६९साल देखि चारपाङग्रेको लाइसेन्स दिन नसकिएको रेकर्ड सुनाए ।
परीक्षा पास गरेर मोटरसाईकल तथा स्कुटरको लाइसेन्स कुरेर बस्नेले पटक पटक ट्राफिक कारवाहीमा परेको गुनासो गरे । ‘लाइसेन्स पास गरेपनि नआएपछि पटकपटक रसिद देखाउनुपर्छ’ एक सेवाग्राहीले भने, ‘च्यातिने डरले दिनहुँ रसिद बोक्ने कुरा भएन, कहिले काही १ हजार रुपैयाँ सम्मको जरिबानामा परेको छु ।’ लाइसेन्स परीक्षा पास भएकाले पनि डेढ बर्षदेखि नपाएको गुनसो गर्छन् । परीक्षा र ट्रायल उत्तिर्णको कागजात बिभागमा पठाएपछि स्मार्ट लाइसेन्स आउने व्यवस्था छ । तर उत्तिर्ण भएको डेढ बर्षमा मात्र लाइसेन्स पाउने सास्ती भएको सेवाग्राहीले बताए । ‘पहिला पहिला कार्यालयबाटै दिइन्थ्यो, अहिले स्मार्टकालागि पठाउनैपर्छ’ कार्यालयका शाखा अधिकृत तुलसीराम कंडेलले भने, ‘हामीले पनि ताकेता गरिरहेका हुन्छौं, आउनै ढिला भएपछि सेवाग्राही रिसाउने गर्छन् ।’ कार्यालयमा दैनिक एकसय जना सम्म लाइसेन्सको खोजी गर्दै आउँदा जवाफ दिन नसकेर फर्काउनु परेको उनले बताए । गह्रौ सवारी साधन र चारपाङग्रे हलुका सवारीको लाइसेन्सका लागि सोध्न आउनेलाई पनि जग्गा अभावको बाध्यता सुनाएर फर्काउनु परेको उनले बताए । संघियता कार्यान्वयनपछी यहाँका अन्य धेरै कार्यालय खाली भएका छन् । तर ती अधिकांस कार्यालय बागलुङ नगरपालिकाले ओगटेको छ । आफ्नो साबिकको कार्यालय छाडेर नगरपालिकाले कृषि, भूसंरक्षण, महिला बिकास र तत्कालिन जिबिसको कार्यालय समेत ओगटेर राखेको छ । यातायातले भने भवन पाएमा सार्ने तयारी समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->