आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पशु प्राविधिक संघमा ढकाल

पशु प्राविधिक संघमा ढकाल


  • ढोरपाटन संबाददाता
  • माघ १२ २०७६, आइतबार

बागलुङ, १२ माघ – नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को दोश्रो अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले कृष्ण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा यमकुमारी घर्ती, सचिव रामप्रसाद कंडेल, सहसचिव रामचन्द्र सापकोटा र कोषाध्यक्ष राजन सुवेदी चयन भएका छन् । सदस्यमा प्रवेश सापकोटा, रबिन्द्र शर्मा, टेकमाया खड्का, उमेश आचार्य र संजय श्रेष्ठ चयन भएका छन् । महाधिवेसन प्रतिनिधिको लागि फडिन्द्र चापागाई, मनिशा कोइराला र बलराम अधिकारी चयन भएका छन् ।

अधिवेसनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य मणीभद्र शर्मा कंडेलले प्राविधिकहरुले किसानको हित र उत्पादन बढाउने अभियानमा साथ दिन आग्रह गरे । पछिल्लो समय कृषि क्षेत्रमा घट्दो लगानीबाट बढी उत्पादन गर्न किसानलाई सघाउने काममा प्राविधिकको ठूलो सहयोग चाहिएको समेत बताए । संघका निर्वतमान अध्यष फडिन्द्र चापागाईको अध्यक्षता, प्रताप पौडेलको संचालन र कृष्णप्रसाद ढकालको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ पशु बिकास अधिकृत शम्भू रेग्मी, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, संघका केन्द्रीय अध्यक्ष जनक राउत, नेपालमहिला संघकी अध्यक्ष शकुन्तला शर्मा, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष इश्वर ठाकुर पौडेल, निजामती कर्मचारी युनियन संघका अध्यक्ष देव शर्मा, काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्ग थापा र पंकज सुवेदी लगायतले बोलेका थिए । अधिवेसनमा कृषिक्षेत्रमा काम गरेको भन्दै जैमिनी नगरपालिका वडा नं. १ का उमानन्द शर्मा, गलकोट नगरपालिका ७ का प्रेमबहादुर कार्की र बागलुङ नगरपालिका ५ का किसान खडानन्द सापकोटालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->