आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सामुदायिक रेडियो जिल्ला समन्वय समिति बागलुङको संयोजकमा सुबेदी

सामुदायिक रेडियो जिल्ला समन्वय समिति बागलुङको संयोजकमा सुबेदी


  • Dhorpatan News
  • माघ १३ २०७६, सोमबार

गलकोट,१३ माघ – सामुदायिक रेडियोहरुको जिल्ला समन्वय समिति बागलुङको संयोजकमा सामुदायिक रेडियो परिर्वतनका स्टेशन म्यानेजर रामनारायण सुवेदी चएन भएका छन् । जिल्ला स्थीत सामुदायिक रेडियोहरुका प्रतिनिधीहरुको सोमबार गलकोटमा सम्पन्न भेलाले सुवेदीलाई सयोजकमा चयन गरेको हो ।सामुदायिक रेडियो प्रसारक संघको विधानको धारा १९ मा गरिएको व्यवस्था भए अनुसार जिल्ला समन्वय समिति गठन गरिएको हो ।बागलुङ जिल्लामा रहेका ५ सामुदायिक रेडियोका स्टेशन म्यानेजरहरु सहभागि रहेको भेलाले राम नारायण सुवेदीको सयोजकत्वमा ५ सदस्यीय जिल्ला समन्वय समिति सवसम्मत रुपमा गठन भएको छे । समितिको सदस्यमा छबिलाल पाण्डे, घनश्याम गौतम, प्रकाश छन्त्याल, र नारायण रिजाल रहेका छन्बागलुङमा सामुदायिक रेडियो गलकोट, सामुदायिक रेडियो बागलुङ, सामुदायिक रेडियो बिहानी, सामुदायिक रेडियो परिर्वतन र सामुदायिक रेडियो ढोरपाटन सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->