आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दोश्रो चिल्ड्रेन लाईफ फुटबल हुने

दोश्रो चिल्ड्रेन लाईफ फुटबल हुने


  • ढोरपाटन संबाददाता
  • माघ १४ २०७६, मंगलबार

बागलुङ, १४ माघ – दोस्रो चिल्ड्रेन लाईफ अन्तर विद्यालय स्तरीय (छात्र) फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाइफ स्र्पोटस क्लवको सह–आयोजनामा माघ २८ गते देखि फागुन ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने मंगलबार सम्पन्न पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी गराएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक नवराज श्रेष्ठले प्रतियोगिताबाट विद्यार्थीहरुले पढाईको साथसाथै अतिरिक्त क्रियाकलाप अन्र्तगत फुटबल खेलबाट आफ्नो प्रतिभा प्रस्फुटन गर्नसक्ने बताए । श्रेष्ठले प्रतियोगिताले विद्यालयहरु विचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्दै लैजाने समेत बताए । कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ । द्वितिय हुने टोलीले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले बताएको छ । साथै प्रतियोगितमा विधागत पुरस्कारहरुको समेत व्यवस्था गरीएको छ । प्रतियोगिताको लागि विद्यालयले ३ लाख रुपैयाँ खर्च लाग्ने प्रधानध्यापक श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा १६ टिमले सहभागिता जनाउन सक्ने स्पोर्टस क्लवका प्रशिक्षक दिपक थापाले जानकारी गराए । कार्यक्रम प्रतियोगिताका संयोजक तथा विद्यालयका शिक्षक भानु आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->