बागलुङ,१८ माघ – जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध विक्री वितरण तथा सेवा न्युनिकरणको लागि जिल्लाव्यापी रुपमा सुक्ष्म अभियान संचालन गरेको छ ।प्रहरीले लागु औषधको व्यापार र सेवनलाई रोक्न कानुनी उपचारको अलाव आमासँग प्रहरी, विद्यालयमा प्रहरी जस्ता रचनात्मक कार्यक्रम गारी राखेको छ ।पछिल्लो पटक प्रहरीले सदरमुकाम तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमै पुगेर लागु औषध सेवन गरे÷ नगरेको किटको प्रयोग गरी पिसाब परीक्षण गर्न थालेको छ ।उक्त किटले लागु औषध प्रयोग गरे÷ नगरेको तत्काल थाहा पाउन सकिन्छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टका अनुसार बागलुङका ८ विद्यालयका १४६ विद्यार्थीमा गरेको परीक्षणमा ७५ जना विद्यार्थीले लागु औषध सेवन गरेको भेटियो ।
काठेखोला गाउँपालिका–८ लेखानीका ७ जना विद्यार्थीमा गरेको परीक्षणमा सातै जना, ताराखोला मावि ताराखोलामा २५ जनामा भएको परीक्षणमा १७ जना, धवलागिरी पोलिटेक्निकल मा १३ मध्ये ५, पृथ्वी हिरण्य माविमा १५ मध्ये १०, लहरेपिपल माविका २० मध्ये २, विद्यामन्दिर माविका ३१ मध्ये २० र रुद्रेपिपल माविका ३५ मध्ये १५ जनाले लागु औषध सेवन गरेको प्रमाणित भएको थियो ।परीक्षणमा सहभागी विद्यार्थी मध्ये ५१ प्रतिशत विद्यार्थी लागु औषध सेवनको दलदलमा फसेको प्रहरी प्रमुख भट्टको भनाई छ । ‘अवस्था निकै बिग्रदो छ’ प्रहरी पमुख भट्ले भने–‘अभिभावक सचेत नभए भयाभय अवस्था हुन्छ ।’
प्रहरीले विद्यालयमा पुगेर सामुहिक प्रशिक्षणका साथै संकास्पद विद्यार्थीको पिसाब परीक्षण गर्दै आएको छ । ‘नमुना परीक्षणमा त डरलाग्दो अवस्था छ’ एसपी भट्टले भने–‘विद्यालय तहबाटै जाँगाको तलमा फसे पछि भोली कसरी छुटकारा पाउँछ ।’विशेष गरी कक्षा ८–१२ का विद्यार्थीमा गरिएको परीक्षणमा अधिकांसले ‘गाँजा’को सेवन गरेको भेटिएको थियो । ‘केमीकल ड्रक्स र ईन्जेक्सनको प्रयोगकमी छ’ एपी भट्टले भने–‘प्राकृतिक गाँजाले कलिलो मस्तिष्क भरिएको छ । छोराछोरीको स्वभाव, बोल्नेशैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ वा शरीर कमजोर बन्दै गएको छ भने उनीहरु लागुपदार्थको दुव्र्यसनमा फसेको हुन सक्छन् ।’ झगडा गरेर चाहिने भन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालनयमा लामो समय बिताउनु, शरीर काम्नु, सुत्ने र उठने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनु, आँसु आर्ईरहनु, बाली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाईमा ध्यान नदिनु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगकर्तामा देखिने प्रहरीको भनाई छ ।
विद्यालयको बेईज्जत हुने डरले प्रहरीको अभियानमा अधिकांस विद्यालय अनुदार देखिएको प्रहरी प्रमुखको भनाई छ । बागलुङ नगरपालिकाले एक सय थान किट उपलब्ध गराए पनि अन्य पालिकाबाट कुनै सहयोग नभएको उनले बताए । अभिभावक पनि आफ्नो इज्जतको जाने भयले खुलेर बोल्न नसक्ने प्रहरीको भनाई छ ।





