तनहुँ,१९ माघ – राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला सम्पन्न भएको छ । शनिबार ब्यास नगरपालिका १३ आपस्वारा दलित सामुदायिक होमस्टेमा सम्पन्न भएको अधिवेशनले राससका सानेबहादुर नेपाली(एसवि)को अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भिमाद एफएमका शालिकराम गहतरात, सचिवमा रेडियो नेपालका अशोक विश्वकर्मा, कोषाध्यक्षमा तनहुँ टेलिभिजनकी सविता विश्वकर्मा र सह सचिवमा भिमाद एफएमकी मनिषा कोइराला विक चयन भएका छन् ।
यस्तै सदस्यहरुमा अन्जान परियार, सुरेश सुनार, कोपिला सुनार, शर्मिला विक, प्रकाश विक, अमृत परियार, देव गजमेर र मुना विक रहेका छन् ।
यस्तै सोही अधिवेशन मार्फत ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । समितिमा विनोदकुमार विक विकास, जनार्दन वियोगी, सन्तोष विक, सम्झना रसाइली र विनोद सेन्चुरी रहेका छन् ।





