आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गुरुङ पर्यटन व्यवसायीमा राम

गुरुङ पर्यटन व्यवसायीमा राम


  • ढोरपाटन संबाददाता
  • माघ २४ २०७६, शुक्रबार

पोखरा,२४ माघ – गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा राम गुरुङ चयन भएका छन् । उनी कास्कीकै घलेलमा क्यानोनिङ व्यवसाय चलाउँछन् ।
सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले मितेरी ट्रक्सका सञ्चालक विकास गुरुङ, महासचिवमा मनश्री ट्राभल्स एण्ड टुर्सका सञ्चालक अभिलास गुरुङलाई चयन गरेको छ ।
यस्तै कोषाध्यक्षमा होटल शान्तिका सञ्चालक सीता गुरुङ र सदस्यहरुमा रकलेन्ड रेष्टुरेन्टका सञ्चालक कुमार गुरुङ, होटल प्याराडाइज इनका सञ्चालक जुबु गुरुङ, होटल दिदीका सञ्चालक विष्णु गुरुङ (एकता), पिस प्यागोडा ट्रक्सका सञ्चालक राजेन्द्र गुरुङ, फेन्टियर्स प्याराग्लाइडिङका सञ्चालक भुपाल गुरुङ, जाम जामट्रक्सका सञ्चालक कन्यप्रसाद गुरुङ, स्टार कटेजका सञ्चालक मा सिं गुरुङ, होटल लेक भ्यालीका सञ्चालक अनिल गुरुङ चयन भएका छन् ।
कार्यक्रममा संघका निर्वतमानअध्यक्ष बोबरजंग गुरुङले आफूहरु सबै क्षेत्रसँग हातमालो गर्दै अघि बढन चाहेको भन्दै व्यवसायीको समस्य सरकारले पनि सुन्नुपर्ने बताए । जिटिनका संस्थापक केन्द्रीयअध्यक्ष कूलबहादुर गुरुङ,संघका वर्तमान केन्द्रीयअध्यक्ष अम्बिर गुरुङ, निर्वतमान अध्यक्ष कमला गुरुङ, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, तमू सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->