आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकी र कास्कीका क्रियाशिल पत्रकार महिला संगठित

गण्डकी र कास्कीका क्रियाशिल पत्रकार महिला संगठित


  • ढोरपाटन संबाददाता
  • माघ २४ २०७६, शुक्रबार

पोखरा,२४ माघ – क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) गण्डकीको अध्यक्षमा सरिता तिम्सिना पगेनी र कास्की शाखामा शिला गुरुङ अध्यक्ष चुनिएका छन् ।
डब्लुडब्लुजेको विहीबार पोखरामा भएको अधिवेशनबाट गण्डकी प्रदेशसमितिको उपाध्यक्षमा रविना आले मगर (कास्की),सचिबमा अन्जु बराल (कास्की ),कोषाध्यक्षमा अन्जना तिमिल्सिना (तनँहु) चुनिए । सदस्यहरुमा इन्दिरा गुरुङ (कास्की ) रेखा कौषल रेग्मी (म्याग्दी),पार्बती पाण्डे (स्याङ्गजा )धनु भुषाल (नवलपुर )सुनिता शर्मा (पर्बत) रहेका छन् ।कास्की शाखातर्फ उपाध्यक्षमा ज्योती हमाल,सचिवमा बिनु थापामगर र कोषाध्यक्षमा पार्बती पौडेल चयन भएका छन् । सदस्यहरुमा देविका तामाङ,तानी थापा,सुरक्षा श्रेष्ठ र श्रद्धा सुबेदी रहेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेकी थिइन् । कार्यक्रममा शिक्षासेवी स्वर्गीय हरिषचन्द्र वाग्लेको नाममा हरिषचन्द्र वाग्ले क्रियाशिल पत्रकार महिला पुरस्कार घोषणा भएको छ । वाग्लेकी धर्मपत्नी चन्द्रवती वाग्लेले रु १ लाख १ हजार १ सय ११ रुपैँयाको अक्षयकोष रकमको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->