आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संबाददाता
  • माघ २४ २०७६, शुक्रबार

पोखरा, २४ माघ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ ।विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट चन्दा स्वरुप संकलन गरिएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा फाउण्डेशनकोतर्फबाट सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीलाई सो रकम हस्तान्तरण गरेका थिए ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताए ।उनले अध्ययन र अनुसन्धान बिना भौतिक पूर्वाधार निर्माण गर्न नहुने उल्लेख गरे ।मुख्यमन्त्री गुरुङले शैक्षिक क्षेत्रमा हुने राजनीतिक भागवण्डा अन्त्य गर्न जरुरी रहेको औल्याए । शैक्षिक क्षेत्रमा ज्ञान र सीप भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।फाउण्डेशनका सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यार्थीका लागि कम्युटर सीप आवश्यक रहेकाले सहयोग गरिएको बताए ।उनले विद्यार्थीलाई कम्युटर शिक्षा दिने कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरे ।‘अमेरिकाको बसाइँसँगै केही कुरा सिकेका छौं’, उनले भने, ‘सिकेका कुरा समाज र देशका लागि दिन चाहन्छौं।’ सदस्य सिग्देलले सहयोगीहरुप्रति आभार पनि व्यक्त गरे ।विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले व्यवहारिक र सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।कार्यक्रममा लुमा उपकरणको डेमोस्ट्रेशन गरिएको थियो । फाउण्डेशनका इन्जिनियर कविन्द्र मानन्धरले सो उपकरण बारे जानकारी दिएका थिए । १० वर्षसम्म अमेरिकामा गरिएको अध्ययन अनुसन्धानपछि सो उपकरणको विकास गरिएको हो । इन्टरनेट र कम्युटर बिनापनि विद्यार्थीको पठनपाठनमा सघाउने प्रविधि लुमा उपकरण हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->