आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कलेजको पहिलो दिनदेखि नै उद्यमशिल बन्नुपर्छः महाविर पुन

कलेजको पहिलो दिनदेखि नै उद्यमशिल बन्नुपर्छः महाविर पुन


  • Dhorpatan News
  • माघ २४ २०७६, शुक्रबार

पोखरा,२४ माघ – स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गर्नुभएको छ ।मेलालाई सम्बोधन नेपाली युवाहरुमा मौलाउँदै गरेको नेपालमा अध्ययन पुरा गर्ने अनि विदेश जाने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अध्ययन पछि नभइ अध्ययन र उद्दमशलिता सँगसँगै लानुपर्ने सुझाव विद्यार्थीहरुलाई दिनुभयो । आविष्कार र अन्वेषण सबैलाई चाहिन्छ, पुनले अगाडि भन्नुभयो, नेपालमा राजनीतिले ठीक दिसा नलिनुको कारण यसमा अन्वेषण र अनुसन्धानको कमि हुनु नै हो ।मेलाको विभिन्न प्रदर्शनीहरु तथा रोवर्ट भिडन्तको अवलोकन गर्दै उहाँले मेलामा देखाउनका लागि मात्र नभई यस्ता गतिविधिहरुमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । साथै उहाँले राम्रो योेजना लिएर टिम बनाएर आउन विद्यार्थीहरुलाई आह्वान गर्नुभयो ।

मेलामा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई पच्चीस हजार रुपैयाँ सहयोग गरिएको समेत कोषाध्यक्ष प्रकृति दवाडीले जानकारी दिनुभयो । केन्द्रको सहयोगार्थ मेलामा पुस्तक मेला समेत आयोजना गरिएको छ ।मेलाको महिला सशक्तिकरण नामक सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुनिता बरालले महिलाहरुलाई राजनीतिमा पछाडी पार्नुले देशको विकासमा नै गम्भीर असर परिरहेको बताउनुभयो । मेलाको शुक्रबारको सत्रमा पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर, रोवर्ट भिडन्त, कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->