आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

श्री एयरलाइन्सको पोखरा उडान सुरु, भाडा घट्दा पोखरेली उत्साही

श्री एयरलाइन्सको पोखरा उडान सुरु, भाडा घट्दा पोखरेली उत्साही

श्रीले पोखरामा ८० सिट क्षमताको जहाज मार्फत दैनिक २ उडान उडान सुरु गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७६, शुक्रबार

पोखरा, २४ माघ – श्री एयरलाइन्सले शुक्रवारदेखि पोखरा उडान सुरु गरेको छ । पहिलो उडान मार्फत पोखरा आएका सवै यात्रुलाई पोखरा एअरपोर्र्टमा यहाँ ब्यवसायीहरुले खादा ओडाएर स्वागत गरे । श्री एयरलाइन्सको पोखरा उडानले यहाँका पर्यटन व्यवसायीहरु उत्साही भएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा श्रीले शुक्रबारबाट व्यवसायीक उडान गरेसँगै पोखरामा पर्यटकीय गतिविधि थप बढ्ने विश्वास व्यवसायीहरुले लिएका छन् । जहाज मार्फत काठमाडौं-पोखरा र पोखराबाट काठमाडौं फर्कन चाहने पर्यटकले टिकट नपाउने समस्या झेल्दै आएका पोखरेलीहरुलाई श्रीको प्रवेशले सहयोग पुग्ने देखिन्छ । पोखरामा  बुद्ध र यतीले नियमीत उडान गर्दै आएका छन् । ती जहाजमा चाहेर पनि पोखरेलीहरुले नियमीत भाडा(फेयर)मा समेत टिकट नपाउदा समस्या भोग्दै आएका थिए ।
महंगो भाडाले सताएको थियो, अव दुई हजारमा नै पोखरामा आउन पाउदाँ खुशी लागेको छ, पहिलो उडानमा पोखरा आएको केशवराज शर्माले भने, अव पोखरामा भएको एकाधिकार अन्त्य भएको छ, सस्टो भाडामा पोखरा काठमाण्डौ उडान गर्न सवैलाई सहज हुनेछ ।ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेलले आन्तरिक मात्र हैन, बाह्य पर्यटकलाई समेत सहयोग पुग्ने विश्वास लिएका छन् । अहिले पोखराको हवाई यात्रा महंगो भएको भनिरहेको बेला श्रीको उडानले हवाई भाडा घटेको र यात्राको लागि पनि सहज भएको उनले वताए । हरेक विदेशी नागरिकको गुनासो भनेकै सडक मार्गबाट आउदा दुख पाइने र जहाज मार्फत आउदा महंगो भाडा हुने थियो,अध्यक्ष भुजेलले भने-अव यी समस्याबाट मुक्त हुन पाइन्छ ।
पश्मिाञ्चल होटल व्यवसायी सघंका अध्यक्ष विकल तुलाचनले पोखराको पर्यटन विकासका लागि अर्को इट्टा थपिएको प्रतिक्रिया दिए । अरु एयरलाइन्सको भन्दा जहाज ठूलो हुदा एकै पटक धेरै जना यात्रुहरु बोक्न सक्ने भएकोले पनि पोखरेलीहरुले थप सुविधा पाउने उनको भनाइ छ । श्रीको जहाज मार्फत २० मिनेटमा पोखरा पुग्न सकिन्छ ।
अन्य एयरलाइन्सको तुलनामा श्रीको जहाजमा उडान गर्दा सहज महसुस गरिएको यात्रु मिना केसीको भनाइ छ । यो जहाजमा चढ्दा नहल्याउने भएकोले पनि यात्राको क्रममा आनन्द महसुस गरिएको उनको भनाइ छ । ८० सिट क्षमता भएको क्यू ४०० जहाज मार्फत श्रीले दैनिक २ उडान गरिरहेको छ । लामो समयको प्रतिक्षापछि श्रीले पोखरा उडानको अनुमति पाएको छ । श्रीको पोखरा प्रवेशसँगै हवाई भाडा समेत सस्तिएको छ ।
श्रीले पोखरामा ८० सिट क्षमताको जहाज मार्फत दैनिक २ उडान उडान सुरु गरेको छ । सुरुवाती भाडा दर नेपालीलाई काटमाडौंबाट पोखरा जादा २ हजार र फर्किदा २ हजार ६ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । विदेशीहरुको लागि न्यूनतम ८४ डलर देखी १ सय १० र १ सय २३ डलरमा उडान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->