आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

इन्फोमेटिक्स क्लेजमा बोल्ने कला तालिम

इन्फोमेटिक्स क्लेजमा बोल्ने कला तालिम


  • Dhorpatan News
  • माघ २६ २०७६, आइतबार

पोखरा २६, माघ -पोखराको माटेपानी स्थित इन्फोमेटिक्स कलेजेले अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबारबाट विद्यार्थीहरूका लागि बोल्नेकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ ।
तालिमको सो कलेजका प्राध्यापक आनन्द भट्टराइले उद्घाटन गरे । भट्टराइले बोल्नेकला जीवनको जुनसुकै पेशा–व्यवसाय र क्षेत्रमा पनि आवश्यक रहेको हुँदा उत्कृष्ट सफलताका लागि गम्भिरतापूर्वक तालिममा सहभागी हुन सहभागी विद्यार्थीहरूलाई आग्रह गरे ।
कलेजका प्राध्यापक बद्रिप्रसाद लामिछानेले नेतृत्वविकासको चरणमा बोल्नेकला लगायतका बिभिन्न शिपहरूको आवश्यकता पर्ने हुँदा सोको बिकासका लागि कलेजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको भन्दै आगामी दिनहरूमा उत्कृष्ट रचनात्मक कार्यहरू सञ्चालनहुनेमा विश्वस्त रहन विद्यार्थीहरूलाई आग्रह गरे । कलेजका प्राध्यापक अर्जुन सापकोटाले शैक्षिक गुणस्तर विकासका लागि अतिरिक्त क्रियाकलापहरूको महत्वपूर्ण भूमिका रहने हुँदा विश्वविद्यालय स्तरमा विद्यार्थीहरूको क्षमता विकासलाई आफुहरूले उच्च प्राथमिकतामा राखेर अध्यापन कार्य सञ्चालन गर्दै आएको बताए ।
स्नातकतहको तृतीय बर्षमा अध्ययनरत २५ विद्यार्थी सहभागि रहेको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने छ । बोल्ने कला अन्तर्गत उद्घोषण, भाषण, नेतृत्वविकास लगायतका विषयमा सञ्चारकर्मी रामजीप्रसाद लम्सालले सहजीकरण गरेको उक्त कलेजका विद्यार्थी व्यवस्थापन विभाग प्रमुख आरजु बरालले जानकारी दिए ।अर्जुन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एवम् कार्यक्रमबारे जानकारी बद्रीप्रसाद लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->