आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बह्माकुमारीको ध्यानकेन्द्र शिलान्यास

बह्माकुमारीको ध्यानकेन्द्र शिलान्यास


  • Dhorpatan News
  • माघ २७ २०७६, सोमबार

पोखरा,२७ माघ – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालले पोखराको फूलबारीमा पिस रिट्रिट सेन्टरअन्तर्गत दिव्यशान्ति अनुभूति केन्द्र बनाउने भएको छ ।
संस्थाका उपनिर्देशक राजयोगिनी दुर्गा दिदीका अनुसार सो केन्द्र चारैतिर तनावले ग्रसित मान्छेका लागि अस्पताल मात्र नभएर चेतना जगाउँदै मानवीय मूल्य र गुणहरुको श्रृंगार गर्ने व्युटीपार्लर हुनेछ । उनका अनुसार यो ध्यानकेन्द्रमा मानिसले तनावबाट मुक्ति पाउने उपायको खोजी गरिनेछ ।
भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा माउण्ट आँबूकी वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलु दिदी, गण्डकीका आन्तरिक मामिला एवं कानूनमन्त्री हरिबहादुर चुमान, संस्थाकी नेपाल निर्देशक राजयोगिनी परिणीता दिदीलगायतको उपस्थितिमा आइतबार शिलान्यास गरियो ।कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मिक चेतना विकसित भएका समाज तनाव, व्यभिचार र भ्रष्टाचारबाट मुक्त हुने बताए । माउण्ट आँवूकी वरिष्ठ राजयोग प्रशिक्षक, शिक्षा प्रभागका उपाध्यक्ष राजयोगिनी शिलु दिदीले यो केन्द्रमा आउँदा आत्माको परमात्मासँग सम्बन्ध जोडिएर शान्ति मिल्ने बताइन् । कार्यक्रममा संस्थाका सहनिर्देशक राजयोगिनी कमला दिदी, संस्थाका नेपाल महासचिव शैलेश, गण्डकीका आन्तरिक मामिला एवं कानूनमन्त्री हरिबहादुर चुमान, सभासदहरु राजिब पहारी र मीना गुरुङ, संस्थाका सल्लाहकार राजयोगी दिपेन्द्र अधिकारी, संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदी,ब्रह्मकुमार शिशिर रेग्मीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->