मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मध्यपहाडी लोकमार्गमा ट्राफिक प्रहरीको सक्रियता

मध्यपहाडी लोकमार्गमा ट्राफिक प्रहरीको सक्रियता


  • संजय रेग्मी
  • माघ २७ २०७६, सोमबार

पर्वत,२७ माघ – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा पर्ने सडकको विभिन्न ठाउँहरूमा कालोपत्रेको काम सकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले राजमार्गमा निगरानी बढाएको छ ।

फराकिलो सडकमा कालोपत्रे काम भए पनि राजमार्ग अन्तर्गत बजार क्षेत्रभित्र दुर्घटनाको जोखिम बढी हुने भएकोले सवारी चेक जाँचमा कडाइ गर्दै र निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख, प्रहरी नायव निरीक्षक रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिए । ‘सडक सजिलो भएपछि राजमार्गमा दुर्घटनाको सम्भावना पनि उत्तिकै रहन्छ, सवारीहरू तीव्र गतिमा गुड्छन् ।’ उनले भने, ‘बस्ती नभएको ठाउँमा भन्दा पनि बस्ती भएको ठाउँमा सडकमा खेल्ने, जथाभाबी सडक पार गर्ने, चौपायाहरू सडकमा छोड्ने लगायतका कारणले बढी दुर्घटना हुने गरेका छन् ।’

देशकै पर्यटकीय गन्तव्यका रूपमा रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा नेपाल सरकारले भ्रमण वर्षका अवसरमा धेरै पर्यटकहरु पु¥याउने लक्ष्य राखेको र सोही अनुसार मौसममा सुधार आएसँगै पर्यटकहरु मुस्ताङ जाने क्रम सुरु हुन लागेकोले पनि राजमार्ग क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बाक्लो पारिएको क्षेत्रीको भनाई छ। सडक मार्गबाट मुस्ताङ जानेहरु कास्कीपछि पर्वत र म्याग्दी हुँदै जानुपर्छ । सडक सजिलो बनेपछि गुड्ने सवारीहरूको गति तीव्र बन्द विशेष गरी बस्ती रहेका ठाउँहरूमा दुर्घटना र ठक्कर दिने घटना बढी हुने भएकोले त्यस्ता ठाउँहरूमा बढी ध्यान लगाउनु परेको ट्राफिक प्रहरीले बताएको छ ।

राजमार्गले छोएका ठाउँहरू मालढुंगा, सहस्रधारा, अर्मादी, छमर्के, कुस्मा, खरेहा, चुवा, दोबिल्ला, परादी, अम्बोट, पातिचौर, डिमुवा लगायतका ठाउँहरूमा छड्के रूपमा सवारी जाँच गरी तिनीहरूको अवस्था समेत हेर्ने गरिएको प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेल बताउँछन् । दुर्घटना न्यूनीकरण गरेर पर्वतलाई सुरक्षित जिल्ला बनाउन आपूmहरू लागिपरेको र सवारीका कागजात साथमा नभएका तथा सवारीको अवस्था ठिक नभएकाहरूलाई पनि आवश्यक कारबाही र सुझाव दिएर पठाउने काम भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->