आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखराको सेतीनदीमा खसेका युवाको सकुशल उद्धार

पोखराको सेतीनदीमा खसेका युवाको सकुशल उद्धार


  • ढोरपाटन संबाददाता
  • माघ २७ २०७६, सोमबार

पोखरा,२७ माघ – पोखरास्थित सेती नदीको खोँचमा खसेका २३ वर्षीय आकाश गुरुङको सकुशल उद्धार गरिएको छ ।सोमबार बिहान उनी नदीको खोँचमा खसेका थिए । घटनाबारे जानकारी पाउनासाथ उद्धारमा खटिएको सुरक्षा निकायको टोलीले उनको सकुशल उद्धार गरेको हो ।पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर खसेपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भइ हाल सोही स्थान बस्ने आकाश आफैँ खोचमा खसेका थिए । स्थानीयबासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।पश्चिम क्षेत्रिय प्रहरी मुख्यालय गणको रेस्क्यू टिमले सेतीनदीको करिब ७० मिटर तलबाट डोरीको सहायताले गुरुङलाई उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक विजय भण्डारीले बताए ।गुरुङले बिहान पानीको वोतल लिएर कुकुरको खोजी गर्न हिडे पनि उनी खसेको माथिको भागमा पानीको वोतल देखेर स्थानियले मानिस खसेको हुन सक्ने आशंकामा केही समय तलबाट आवाज आउछ कि भन्दै कोही छ तल भन्दै गरे पछि तलबाट आवाज आएसंगै प्रहरीलाई खबर गरेका थिए । गुरुङ भूपू. ग्यारेजमा काम गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->