मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गुडिरहेको जिपबाट खसेर पर्वतमा एक जना गम्भीर घाइते

गुडिरहेको जिपबाट खसेर पर्वतमा एक जना गम्भीर घाइते


  • संजय रेग्मी
  • माघ २७ २०७६, सोमबार

पर्वत,२७ माघ – पर्वतमा गुडिरहेको जिपबाट खसेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जलजला गाउँपालिका ९ बनौँ घर भएका ४८ वर्षीय बेलबहादुर पुर्जा रहेका छन् ।जलजला गाउँपालिका ९ बनौँ बाट सदरमुकाम कुस्माका लागि छुटेको ध १ ज ७५३ नं. को जिपमा सवार पुर्जा कुस्मा नगरपालिका २ अर्मादी भन्ने स्थानमा आइपुग्दा सिटमा बसिरहेको अवस्थामा खसेका थिए । उनी बसेको सिट नजिकैको ढोका पहिले नै खुला थियो अथवा उनी आफैले खोलेका थिए भन्ने बारेमा नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक रामबहादुर भट्ट क्षेत्रीले बताए ।टाउकोमा गम्भीर चोट लागेका पुर्जालाई पर्वत अस्पतालमा उपचारको लागि लगिएको भए पनि अवस्था गम्भीर रहेका कारण थप उपचारको लागि कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->