आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा म्याराथनमा टोल–टोल बाट सहभागी हुन प्रमुख जिशीको आह्वान

पोखरा म्याराथनमा टोल–टोल बाट सहभागी हुन प्रमुख जिशीको आह्वान


  • Dhorpatan News
  • माघ २८ २०७६, मंगलबार

पोखरा,२८ माघ – पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन पोखराबासीलाई आह्वान गरेका छन ।
पोखरा महानगरपालिकामा महानगरका विभिन्न वडाका अध्यक्षहरुलाई सम्वोधन गर्दै प्रमुख जिशीले पोखरा म्याराथनलाई सफल बनाउन नगरवासीहरु एकजुट हुनुपर्ने बताए । “पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्ली बाट पोखरा म्याराथनमा सहभागी हुन म सबैलाई आग्रह गर्छु” उनले भने–“स्वास्थ संगै पोखराको प्रवर्द्र्धन गर्न म्याराथनले भूमिका खेल्ने छ ।”
पोखरा म्याराथनका आयोजक भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले सबैको साथ र सहयोगले पोखरा म्याराथनले भब्य सफलता पाउने विश्वास व्यक्त गरे । उनले पोखरा म्याराथनमा विशिष्ट व्यक्तित्वहरुको सहभागिताले समेत अन्तर्राष्ट्रिय रुपमानै स्थापित हुँदै गएको बताउँदै यसलाई सफल बनाउन वडा अध्यक्षहरु संग आग्रह गरे । पोखरा म्याराथनले नेपाल भ्रमण वर्षलाई सफल पार्न अहम भुमिका खेल्ने बताए ।
युनेष्कोका पुर्व अध्यक्ष डेभिडसन म्याराथनमा सहभागी हुन पोखरामा पोखरा

युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन आज पोखरा आइपुगेका छन ।
पोखरा म्याराथन मार्फत विश्व शान्तीको कामना गर्न पूर्व अध्यक्ष डेभिडसन पोखरा आएका हुन । पोखरा विमानस्थलमा मञ्चका अध्यक्ष तेज गुरुङ लगाएतले उनलाई स्वागत गरेका थिए ।
उनले पोखरा विमानस्थलमा ओर्लिए पछि छोटो कुराकानीमा पोखरा म्याराथनमा सहभागी हुन मात्रै नभई पोखरा जस्तो सुन्दर शहरमा आउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।
फागुन ३ गते हुने म्याराथनमा पूर्व अध्यक्ष डेभिडसनले शान्तीको कामना गर्दै पिस टर्च बाल्ने र आफ्नो सहभागिता जनाउने छन । पोखरा म्याराथनमा पहिलो पटक उच्च स्तरिय व्यक्तित्व आउनुु पोखरेली सबैका लागि गौरवको विषय रहेको मञ्चका अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->