मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतको शंकरपोखरीमा छुरा प्रहार, दुई दाजुभाई गम्भीर घाइते

पर्वतको शंकरपोखरीमा छुरा प्रहार, दुई दाजुभाई गम्भीर घाइते

घाइते नेपाली दाजुभाईको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७६, मंगलबार

कुश्मा, २८ माघ – जिल्लाको फलेबास नगरपालिका-३ मा सोमबार राती छुरा प्रहारबाट सहोदर दाजुभाई गम्भीर घाइते भएका छन । स्थानिय पसलमा मोबाइलको रिर्चाज किन्न पुगेका बेला राती साढे ८ बजे २८ बर्षिय बिष्णु नेपाली र २३ बर्षिय मिलन नेपाली माथि छुरा प्रहार गरिएको पर्वत प्रहरीले जनाएको छ ।
अध्यारोमा बालेको टर्च लाइटको प्रकाश आफ्नो अनुहारमा परेको निहुँमा बिबाद हुँदै गएपछि सोही ठाउँका ३८ बर्षिय देबहादुर नेपालीले छुरा प्रहार गरेका थिए । घाइते दाजुभाईको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ ।
छुरा प्रहार गरि घाइते बनाएको अभियोगमा नेपालीलाई गाउँमै बसेको अबस्थामा पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । भियुक्त नेपालीका बिरुद्ध पर्वत जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->