आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामामै जे–टेष्ट परिक्षा

पोखरामामै जे–टेष्ट परिक्षा


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७६, बुधबार

पोखरा,२९ माघ – पोखरामा रहेका जापानीज् भाषा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पोखरामा नै कम शुल्कमा जे–टेष्ट परिक्षा दिन मिल्ने भएको छ । सो को बारे बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी जानकारी गरार्ईएको हो ।सांग्रिला एजुकेसन फाउन्डेशनको आयोजना एवं भाषा संघ नेपालको सहयोगमा आयोजित अन्तरक्रिया कार्यक्रममा जे–टेष्ट परिक्षाको बारे जानकारी गराइएको हो । कार्यक्रमा बोल्दै जे–टेष्ट परिक्षाका संयोजक कृपानाथ श्रेष्ठले विद्यार्थीहरुलाई भाषा दक्षता प्रदान अभिप्रायले कार्यक्रमको आयोजना गरिएको बताए । जापानिज् जे–टेष्ट परिक्षालाई विद्यार्थीहरुले गाह्रो मानिरहेको बुझाई रहेको भन्दै उहाँले परिक्षा सोचे जस्तो गाह्रो भने नरहेको श्रेष्ठले बताए । उनले यस परिक्षा पोखरामानै दिनसकिने हुँदा अब काठमाडौँ जाने झन्झटबाट पनि मुक्त हुने जनाए ।त्यस्तै भाषा संघ नेपालका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले यस परिक्षा दुई महिनाको अन्तरालमा वर्षमा ६ पटक दिन सकिने भन्दै कम लागतमा व्यवस्थित तवरले परिक्षा दिन सकिने बताए । आउँदा दिनहरुमा जापानबाट भाषा विशेषज्ञ भित्र्याएर पठनपाठनको अनुकुल बातावरण सृजना गर्ने उनले जानकारी दिए ।
सो कार्यक्रमको अवसरमा जे–टेष्ट परिक्षाका संयोजक कृपानाथ श्रेष्ठले जापानिज् जे–टेष्ट परिक्षामा आधारित जे–टेष्ट परिक्षा तयारी पुस्तक सार्वजानिक गरेका थिए । कार्यक्रममा भाषा संघ नेपालका सल्लाहकार बिक्रम उदास, निवर्तमान अध्यक्ष युवराज खनाललगायत पोखरामा संचालित ४० वटा जापानिज् संस्थाका करिब १ सय जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->