आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रूपा गाँउपालिका स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम

रूपा गाँउपालिका स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७६, बिहिबार

पोखरा,१ फागुन – रूपा गाँउपालिका कास्कीले स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आफ्नो वार्षिकोत्सव अवसरमा फागुन २४ गतेदेखि २७ गतेसम्म रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्नेपोखरी खेल मैदानमा ‘दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता’को आयोजना गर्ने भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका स्थानीय तहको सहभागिता रहने विहिवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
उनका अनुसार खेलकुदको माध्यमबाट युवाको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्देश्यले ‘युवालाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो । नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा भाग लिने खेलाडी गाउँपालिका भित्रकै हुनुपर्नेछ ।प्रतियोगिताको विजेताले नगद १ लाख २० हजार , उपविजेताले नगद ९० हजार र तृतीयले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष ओझाले बताए ।त्यस्तै, सान्त्वना हुने एक टीमलाई नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
रुपा गाउँपालिकाको स्थापना दिवस तथा प्रतियोगिता समापनको अवसरमा झाँकी प्रदर्शन पनि गरिने भएको छ । लोपोन्मुख जातिका संस्कृति तथा परम्पराहरूलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले झाँकी प्रदर्शन गर्न लागिएको गाउँपालिका अध्यक्ष ओझाले बताए ।
प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट फरक–फरक जाति जनजातिको झाँकी निकालिने उनले बताए । झाँकी प्रदर्शनीमा प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए । झाँकीमा सहभागी सबै टीमलाई ५÷५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरिने छ । झाँकीमा युवा पुस्ताको सहभागिता नरहने भएकोले प्रत्येक समूहमा ५ जना युवा अनिवार्य गरिएको उनले बताए ।
त्यसैगरि रूपा डान्स आइडल प्रतियोगिताको विहिवारदेखि सुरू भएको छ । प्रतियोगिताको अडिशन राउण्ड सुरु भएको हो । फाइनल प्रतियोगिता २७ गते सञ्चालन गरिने अध्यक्ष ओझाले जनाए । प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->