शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो चिल्ड्रेन लाईफको उपाधि अमर आदर्शको पोल्टामा

दोस्रो चिल्ड्रेन लाईफको उपाधि अमर आदर्शको पोल्टामा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७६, शनिबार

बागलुङ, ३ फागुन– दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक चिल्डेक लाईफ इङ्गलिस बोर्डिङ स्कुल (सेतो)लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै अमरले उपाधि जितेको हो । निर्धारित ८० मिनेट र थप गरिएको २० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा अमर आदर्शको १ प्रहार चिल्ड्रेनका गोलकिपर सौगात खड्काले बचाएभने चिल्ड्रेनको २ प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो । पेनाल्टीमा अमरको लागि अविशेक बोहरा, सुनिल श्रीस, नारायण कुँवर र विपिन महतले गोल गरेभने कप्तान युबेश थापाको प्रहार चिल्ड्रेकका किपर सौगातले बचाएका थिए ।
चिल्ड्रेनको तर्फबाट अविशेक सिर्पाली, राजिव श्रीस र विविध थापाले पेनाल्टी गोल गरेका थिएभने लोकेन्द्र पुन र औषत कार्कीको प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो ।
उपाधि विजेता अमर आदर्शले ५० हजार नगद प्राप्त गर्योभने उपविजेता चिल्ड्रेन लाईफले २० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेनका कप्तान एवं गोलकिपर सौगात खड्का भए । यस्तै चिल्ड्रेनका लोक बहादुर पुन उत्कृष्ट डिफेन्डर, अजय पुन उत्कृष्ट फरवार्ड, अमरका सञ्जन क्षेत्री उत्कृष्ट गोलकिपर र सुनिल श्रीस उत्कृष्ट मिडफिल्डर घोषित बन्दै ट्रफि प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै जिल्ला शिक्षा समन्वय इकाईका संयोजक कुश्माराज उपाध्यायले विद्यार्थीहरुलाई शिक्षाको साथै खेलकुदमा पनि अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->