शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमसिसि नेपालका लागि अभिसाप : अध्यक्ष केसी

एमसिसि नेपालका लागि अभिसाप : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चा बागलुङको प्रथम जिल्ला भेला तथा प्रशिक्षण बरेङमा जारि


  • शेखर थापा
  • फाल्गुन ४ २०७६, आइतबार

बरेङ,४ फागुन – राष्ट्रिय जनमोर्चा बागलुङको प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम बरेङमा सुरु भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले, हालै बहशमा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन –एमसीसी) संसदबार पास गराएर नेपालमा लागु गरिए त्यो राष्ट्रका लागि अभिसाप हुने बताए । अमेरीकाले आफ्ना स्वार्थका लागि नेपालमा एपसीसी लागु गराएर चिन विरुद्धको गतिविधि नेपाल बाट गर्ने रणनैतिक खेलका रुपमा ल्याउन खोजिएको अध्यक्ष केसीको आरोप थियो ।

नेपाल जस्तोविकासोन्मुख मुलुकमा एमसीसीका नाममा इन्डो प्यासेफिक रणनीतिसम्म हस्ताक्षर गराएर चिन विरुद्धको गतिविधिमा नेपाली भूमी प्रयोग गर्ने रणनीतिका रुपमा एमसीसी आएको बताउँदै, केसीले, आफ्नो देशको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतालाई दाउमा राखेर, राज्य सञ्चालकहरु एमसीसी पास गराउन लागि परेको उनले बताए ।
एक स्वतन्त्र र र सार्वभौम सम्पन्न मुलुकमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताउँदै केसीले, राष्ट्रिय जनमोर्चाले संसद र सडकमा यो नीतिको विरोध गर्दै आएको बताए । मेचीदेखी महाकालीसम्म सबै नेपाली जनतालाई आफ्नो राष्ट्रियता नै खतरामा पार्ने सवालमा चनाखो भएर विरोध जनाउन र संसदबाट लागु गर्न नहुने चेतावनी दिन सबै नेपाली जनता सचेत हुनुपर्ने अवस्था आएको समेत उनको भनाई थियो ।
दुई दिनसम्म चल्ने। भेला तथा प्रशिक्षण कार्यक्रममा जिल्ला भरबाट २ सय बढी अगुवा कार्यकर्ता, विभिन्न जनवर्गिय संगठनका प्रतिनिधि पार्टि कार्यर्ताहरुको उपस्थिति रहेको छ । सो अवसरमा नेकपा मसालका महामन्त्री मोहनविक्रम शिंह, बुद्धिजीवी संगठनका दुर्गानाथ खरेल, केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले प्रशिक्षण गर्ने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->