पोखरा,७ फागुन – गण्डकी प्रदेशसभा सदस्यका स्वकीय सचिवहरुलाई उनीहरुको काम कर्तब्य र जिम्मेवारीबारे प्रशिक्षण दिइएको छ । गण्डकी प्रदेशसभा सचिवालयको आयोजनामा भएको प्रशिक्षणमा प प्रदेशसभा सदस्यहरुलाई सफल बनाउनको लागि स्वकीय सचिवहरुको भूमिका उल्लेख्नीय हुने ठानेर उनीहरुलाई दक्ष बनाउन तालीम दिइएको हो ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानले सभासदलाई सफल बनाउन स्वकीय सचिवको विशेष महत्व हुने भन्दै सानोभन्दासानो कमजोरीहरुलाई पनि स्वकीय सचिवले औंल्याउनुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका अधिकृत गोपाल शर्माले निजी सचिवालय ब्यवस्थापनमा स्वकीय सचिवहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरे । प्रदेशसभा सचिवालयका आर्थिक प्रशासन प्रमुख महेन्द्रकुमार राइले आर्थिक प्रशासनका सिद्धान्त र ब्यवहारको बारेमा जानकारी दिए ।





