आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकी प्रदेस सदस्यका स्वकीयहरुलाई जिम्मेवारी प्रशिक्षण

गण्डकी प्रदेस सदस्यका स्वकीयहरुलाई जिम्मेवारी प्रशिक्षण

सचिवालयका अधिकृत गोपाल शर्माले निजी सचिवालय ब्यवस्थापनमा स्वकीय सचिवहरुको भुमिका विषयक कार्यपत्र प्रस्तुत गरे ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७६, बुधबार

पोखरा, ७ फागुन – गण्डकी प्रदेशसभा सदस्यका स्वकीय सचिवहरुलाई उनीहरुको काम कर्तब्य र जिम्मेवारी बारे जानकारी दिने उदेश्यले प्रदेशसभा सचिवालयको आयोजनामा मंगलवार एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरियाये । प्रदेशसभा सदस्यहरुलाई सफल बनाउनको लागी स्वकीय सचिवहरुको भुमिका उल्लेख्नीय हुने भएकाले स्वकीय सचिवहरुलाई आफ्नो काम, कर्तब्य र जिम्मेवारीको बारेमा जानकारी दिन स्वकीय सचिवहरुको परिचयात्मक कार्यक्रम सहित प्रशिक्षण प्रदान गरिएको सचिवालयले जनाएको छ ।
प्रदेशसभाका माननीयहरुलाई सफल बनाउनका लागी स्वकीय सचिवको विशेष महत्व हुने र कहिलेकांही भुलवस हुने सानो तिनो घटनाहरुले माननीयहरुलाई आलोचित हुने अवस्थामा पुर्याउने भएकाले सानो भन्दा सानो कमजोरीहरुलाई समेत औल्याएर माननीयहरुलाई सफल बनाउन र प्रदेशसभा सचिवालयलाई समेत त्यसले मजबुद बनाउन सक्ने गण्डकी प्रदेश प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले वताए ।
प्रशिक्षणमा सिकेका कुरालाई ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिदै न्यौपानेले प्रदेशसभाका माननीयहरु सफल भएको खण्डमा प्रदेशसभा समेत सफल हुने भएकाले सवैले मिलेर सांसदहरुलाई सफल बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका अधिकृत गोपाल शर्माले निजी सचिवालय ब्यवस्थापनमा स्वकीय सचिवहरुको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सके सम्म कार्यालय स्थापना गरी माननीयहरुको कामको बारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेशसभा सचिवालयका आर्थिक प्रशासन प्रमुख महेन्द्र कुमार राइले आर्थिक प्रशासनका सिद्धान्त र ब्यवहारको वारेमा जानकारी दिदै कतिपय माननीयहरुलाई आफुहरुले पाउने सेवा सुविधाको बारेमा जानकारी नहुदा अघिल्लो वर्ष केही अफ्ठेरो परेको वताउदै आफ्ना माननीयहरुलाई आफ्नो तलव, सेवा सुविधाको बारेमा जानकारी दिन समेत स्वकीय सचिवहरुलाई आग्रह गरे ।
प्रदेशसभा सचिवालयका अधिकृत जितेन्द्र देव केसीले समेत स्वकीय सचिवहरुको भुमिका उल्लेख्नीय हुने भएकाले समय समयमा सचिवालयको सम्पर्कमा रहन स्वकीय सचिवहरुलाई आग्रह गरे । स्वकीय सचिवको तर्फबाट वोल्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीका स्वकीय सचिव लोकराज आचार्यले स्वकीय सचिवहरुले आफ्नो माननीयका कामलाई सहयोग पुग्ने गरी सहयोग गर्नका लागी कार्यालय स्थापना गरी दैनिक कामहरुलाई सहज तरिकाले सम्पादन गर्नुपर्ने वताए । सो अवसरमा स्वकीय सचिवहरु घनश्याम पाण्डे, अस्मिता खनाल, सरलादेवी श्रेष्ठ, राजेन्द्र प्रसाद उपाध्याय, महेन्द्र थापा, वावुराम पाण्डे, गोविन्दराज लामिछाने लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->