आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एनएमबि बैंकद्वारा बालमन्दिरमा सहयोग

एनएमबि बैंकद्वारा बालमन्दिरमा सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७६, बिहिबार

पोखरा,८ फागुन – एनएमबि बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वको काम अनुसार पोखरा महानगरपालिका ३ को एक सामुदायिक बिद्यालयमा सहयोग गरेको छ ।
बैंकले नदिपुर स्थित बालमन्दिर माबिलाई एक थान प्रिन्टर सहयोग गरेको हो । बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुली र निक्षेप प्रबन्धक माधवप्रसाद अधिकारीले बिद्यालयका प्रअलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै पराजुलीले समृद्घ नेपालका लागी व्यवहारीक तथा जीवन उपयोगी शिक्षा आवश्यक भएको बताए । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट बिद्यालयमा सहयोग गरेको समेत बताए । शिक्षित समाज, समाजिक विकासको महत्वपूर्ण पक्ष भएकोले बैंकले बिद्यालय रोजेर सहयोग गरेको समेत उनले प्रष्ट पारे । एनएमबी बैंकका हाल देशभरि १ सय ६३ शाखा, १सय ३१ एटीएमहरू र ५ एक्सटेन्सन काउन्टर छन् । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->