बागलुङ,८ फागुन – धेरै स्थानमा जग्गा छनौट समेत नभएको समस्या झेलीरहेका स्थानीय तहबीच गलकोट नगरपालिकाले आफ्नै सभाहल बनाएर प्रयोगमा ल्याएको छ । वडा नं. २ को नरेठा“टीमा गत बर्षको गौरवको योजनाअन्र्तगत सभाहल बनाएको थियो । उक्त हलमा नगर परिषद समेत गरेर औपचारिक थालनी पनि भैसकेको हो । जिल्लाका दशवटा पालिकामध्ये पहिलोपटक सभाहल सम्पन्न गरेर आफ्नै नगरसभा समेत सम्पन्न गर्ने गलकोट पहिलो भएको छ । यहा“का कतिपय नगर तथा गाउ“पालिकाले जग्गा व्यवस्थापन समेत गर्न नसकेर सभाहल बनाउने योजना अलपत्र परेका छन् ।
गतबर्षको ६५ लाख रुपैया“ बिनियोजन गरेर नगरपालिकाले भवन बनाएको हो । दुईतले यो भवनको तल्लो तल्लामा वडा नं. २ को कार्यालय संचालन हुनेछ । माथिल्लो तलामा सभाहल बनाइएको हो । भवनमा दुइवटा शौचालय, काउन्टर कक्ष समेत राखिएको छ । नगरपालिकाको आफ्नै बजेटबाट सभाहल बनाउने समेत गलकोट पहिलो भएको छ । अन्य पालिकाले प्रदेश सरकारको साझेदारीको बजेट ल्याएर मात्र काम गरिरहेका हुन् ।
झण्डै २ सय जना सहभागी भएर कार्यक्रम गर्न मिल्ने गरी सभाहल निर्माण भएको वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘अघिल्लो बर्ष हामीले हरेक वडामा गौरवका योजना संचालन गरेका थियौं, अहिलेसम्म पुरा भएको यो मात्र एउटा योजना हो’ भण्डारीले भने, ‘यसले वडाको गौरवको योजना भएपनि नगरकै गौरव बढाएको छ ।’ यसरी सभाहल बनेपछि बिद्यालयहरुमा पुगेर गरिने सामाजिक संघसंस्था, राजनीतिक दल र भातृ संगठनका विभिन्न कार्यक्रमलाई समेत सहयोग पुग्ने उनले बताए ।
‘बिद्यालय शान्तिक्षेत्र घोषणा भएपनि कार्यक्रम भैरहन्थे, अब सहज हुनेभयो’ भण्डारीले भने, ‘पहिलोपटक प्रयोगमै ल्याएर देखाउने काम हामीले थाल्यौं ।’ ताराखोला गाउ“पालिकाले पनि भवन बनाउने काम थालेको छ । ताराखोलाले भने झण्डै ७ सय जना अट्न सक्नेगरी बहुउद्धेश्यीय भवन बनाएको हो । आगामी असार मसान्तसम्म सक्ने लक्ष राखिएको यो भवनका लागि भने प्रदेशको साझेदारीमा ४ करोड लगानी गर्नेछ ।
जग्गा अभावमा बागलुङ नगरपालिका, काठेखोला गाउ“पालिका र बरेङ गाउ“पालिकामा आएको बजेट सदुपयोग हुन सकेको छैन । अन्य पालिकामा पनि जग्गा खोजी भैरहेपनि सभाहल बनाउन भने सकेका छैनन् । गलकोटमा अघिल्लो बर्ष संचालन भएका अन्य गौरबका आयोजना भने अलपत्र छन् । चालु बर्ष बजेटलाई निरन्तरता नदिएपछि आयोजनाहरु फेरिएका छन् ।
‘गतबर्ष सबै वडामा गौरवको भनेर बजेट लगायौं, तर सोचेजस्ता काम भएनन्, त्यसैले दुईवटा मात्र गौरवका योजना राखेर अन्यलाई नियमित योजनामार्फत काम पुरा गर्ने लक्ष बनयौं’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘पूर्वाधार बिकासमा लगानी भने घटाएका छैनौं, गौरबको मात्र नभनिएको हो ।’ अबदेखि नगरपालिकाले आफ्ना कार्यपालिका बैठक र सभासमेत संभव भएसम्म यही गर्ने उनले बताए । नगरपालिकाले बालमैत्री नगर बनाउने तयारी समेत गरेको छ । त्यसका लागि सबै वडामा पुरा भएका सूचकको संकलन गरेर घोषणाको मिति तय गर्ने तयारी गरिरहेको उपप्रमुख रेणुका काउचाले बताईन् ।





