बागलुङ, ८ फागुन– न्यू एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १४ औं बार्षिकोत्सवको अबसरमा आयोजित बिद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधि युएस एकेडेमीले जितेको छ ।
बिहिवार भएको फाइनल खेलमा अमर आदर्श आबासिय माबिलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । युएसले फाइनल खेलमा २५–१७, २५–१८ र २५–११को सेटमा पराजित गरेको हो ।
बिहिवारै भएका सेमी फाइनल खेलमा अमर आदर्शले न्यु एभरेष्टलाई र युएसले चिल्ड्रेन लाईफलाई पराजित गरेर फाइनल प्रवेश गरेका थिए । सेमीफाइनल खेलमा अमर आदर्शले न्यु एभरेष्टलाई २५–१५, २३–२५ र २५–१९ को सेटमा जितेको थियो । युएसले चिल्ड्रेनलाईफलाई २५–१४, २६–२४ को सेटमा पराजित गरेको थियो । प्रतियोगितामा बागलुङका १५ समूहले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम भएर युएसले ५ हजार नगद सहित प्रमाणपत्र पाएको छ । दोश्रो स्थानमा पुगेको अमरले ३ हजार रुपैयाँमा चित्त बुझायो । बार्षिकोत्सवको अवसरमा बिद्यालयले अन्य विभिन्न खेलकुँद तथा अतिरिक्त क्रियाकलापका आन्तरिक प्रतियोगिता आयोजना गरेको छ । फागुन ११ गते मुल समारोह सहित वार्षिकोत्सव समापन हुने प्रअ कृष्ण अधिकारीले बताए ।





