आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ब्रेन ट्युमरको उपचार गराइरहेका परियारलाई गुरुङद्धारा आर्थिक सहयोग

ब्रेन ट्युमरको उपचार गराइरहेका परियारलाई गुरुङद्धारा आर्थिक सहयोग


  • Dhorpatan News
  • फाल्गुन ९ २०७६, शुक्रबार

पोखरा, ९ फागुन – ब्रेन ट्युमर भइ उपचार गराइरहेका पोखरा २० आटीघरका मोहनसिंह परियारलाई युकेमा बसोबास गर्ने विमला गुरुङले आर्थिक सहयोग गरेकी छिन । आर्थिक अभाव झेल्दै पोखराको मणिपाल हस्पिटलमा उपचाररत अवस्थामा रहेको ५३ वर्षिय परियारलाई पुरानो घर पर्वत ठानामौला पुरानो घर भइ पोखरा नयावजार निवासी हाल युकेमा बसोवास गर्ने विमला गुरुङले नगद १२ हजार प्रदान गरेकी हुन ।
विगत दुई महिनादेखी ट्युमरको उपचार गराइरहेका परियारको पछिल्लो समय अप्रेसन गर्दा सम्म दुई लाख वढी खर्च भएको र परिवारको आर्थिक अवस्था अतिनै नाजुक भएकाले स्थानिय पारस गुरुङ र प्रकाश गुरुङको पहलमा गुरुङले परियारलाई आर्थिक सहयोग गरेकी हुन । आर्थिक सहयोग गर्दै विमला गुरुङले आफुले धेरै रकम दिन नसकेपनि आफुले गरेको सहयोगबाट केही हद सम्म राहत मिल्ने वताउदै आफुहरुले नेपाल आएको वेला आर्थिक अभावमा उपचारमा समस्या झेलिरहेका विरामीहरुलाई सहयोग गर्दै आइरहेको वताइन ।
विगत दुई महिनादेखी पोखराको मणिपालमा उपचाररत परियारको आर्थिक अवस्था निकै कमजोर रहेको र हाल सम्म दुईलाख भन्दा वढी पैसा खर्च भइसकेको परियारकी श्रीमती राजकुमारी परियारले वताइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->