बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

क्यान इन्फोटेकका सम्पूर्ण स्टल बुकिङ

क्यान इन्फोटेकका सम्पूर्ण स्टल बुकिङ


  • Dhorpatan News
  • फाल्गुन ९ २०७६, शुक्रबार

पोखरा, ९ फागुन –  क्यान महासंघ कास्कीद्वारा यही फागुन ११ देखि १५ सम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा राखिने सम्पूर्ण स्टल बुकिङ भएका छन् । इन्फोटेकमा सय वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए ।
यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । सूचना तथा प्रविधिसँग सम्बन्धित स्टललाई प्रमुख प्राथमिकतामा राखेर स्टल वितरण गरिएको क्यान महासंघ कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विश्वास)ले जानकारी दिए । मेलाको तयारीलाई तिब्र बनाइएको उनले बताए । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको सचिव सेवक क्षितिजले बताए ।
इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंक, प्लाटिनम स्पोन्सरमा एनसेल, डायमण्ड स्पोन्सरमा जेरक्स, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट सेल, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, एस–पार्वर र टिपिलिंक विथ क्विकहिल, डिजिटल पार्टनरमा ब्रेन डिजिट, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, रोबर्ट कम्पिटिसन स्पोन्सरमा कस्मिक कम्प्युटिङ सोलुसन न्युरोड, रनिङसिल आइसिटी क्विज कन्टेष्ट स्पोन्सरमा हिमालयन कम्प्युटर न्युरोड, आइसिटी स्पिच स्पोन्सरमा टिपिलिंक नेटवर्क प्रालि, आइसिटी कन्फरेन्स स्पोेन्सरमा जेनेक्स अटोमेसन न्युरोड, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस न्युरोड, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्युरोड, टाइपिङ कम्पिटिसन स्पोन्सरमा पाण्डे कम्प्युटर सप्लायर्स, हस्पिटालिटी पार्टनरमा योअर च्वाइस रेष्टुरेन्ट न्युरोडले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->