बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

झोलुङ्गेको लठ्ठाले बचायो ज्यान

झोलुङ्गेको लठ्ठाले बचायो ज्यान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७६, शनिबार

म्याग्दी,१० फागुन – बेनी बजारमा अर्को सवारी साधनका चालक सँग सामान्य भानाभन पछि ग१ज ६७९८ नम्बरको टाटासुमो जिप चलाएका चालक डम्मर श्रीस आफ्नो गन्तव्यमा लागे । कोही पनि सवारी नरहेकाले उनी जीपमा एक्लै थिए । जाँदा जाँजै मंगलाघाट पारिको भिरबाट म्याग्दी नदीमा उनको जीप खस्यो । सौभाग्य उनी घाईते त भएका छन् तर कुनै अप्रिय घटनाभने हुन पाएन् । जीप खसेको केही मिटर तल रहेको झोलुङ्गे पुल उनको जीवनदाता र अप्रिय घटनाको बाधक बन्यो । म्याग्दीको बेनी नगरपालिका–२ को हाडेभिरमा शुक्रबार दिउँसो उनको जिप खसेको थियो ।
बेनी देखि बगरफाँट जादै गरेको दुर्घटनामा जिपका चालक रहेका बागलुङको काठेखोला गाउँपालिका–४ लेखानी घर भई हाल बेनी–२ बगरफाँट बस्ने ३६ वर्षीय श्रीस घाइते भएको प्रहरीले जनाएको छ । घाइते खतरामुक्त छन् । उनको बेनी अस्पतालमा उपचार भैरहेको छ। तिब्र गतिमा गुडेको जिप सडकको डिलबाट बिचमा रहेको झोलुङ्गे पुलको लठ्ठा छिनालेर खोलामा खसेको प्रत्यक्षदर्शी लक्ष्मण कटुवालले बताए । सडकबाट करिब पचास मिटर तल खसेको जिपको चालक बस्ने अगाडीको भाग डुबेको थिएन् । स्थानीयबासी र प्रहरीले तत्कालै उद्धार गरेर बेनी अस्पतालमा लगेका थिए । जिपमा चालक श्रीस एक्लै थिए । बेनी–पोखरा रुटमा चल्ने चालक गाडी लिएर आफ्नो बासस्थान तर्फ जाँदै थिए । चिप्लो र ओरालो सडकमा तिब्र गतिका कारण अतियन्त्रित भएर खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । जिप खस्दा १ सय ३२ वर्ष पहले वि.सं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधन प्रयोग गरी बनाइएको झोलुङ्गे पुलको लठ्ठामा बज्रीएर जिपबाट लठ्ठा फुत्किएको छ । बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर बनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी म्याग्दी खोलामा वारपारको लागि बनाएको यो पुल जिल्लाकै पुरानो मानिन्छ । काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठा बनाएर खोलामा वारपारका लागि हालिएको झोलुङ्गेलाई गत वर्ष बेनी नगरपालिकाले मर्मत गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->