पोखरा,१० फागुन – पोखरा १७ मा रहेको नमुना टोल सुधार संस्थाको सनिवार अधिवेशनको उद्धघाटन सम्पन्न भयो । कार्यक्रमलाई व्यानरमा हस्ताक्षर गरि उद्धघाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माले समाजमा रहेका सवै खालका विकृती विसंगतिहरु हरुलाई हटाई संमृद्धी समाज निर्माण गर्न समाजीक संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको वताउदै सवै सरोकारवालाहरु यस कार्यमा जुट्नु पर्ने वताईन् ।सुखी नेपाली संमृद्ध नेपालको अभियान साकार वनाउन सवै तहका सरकार लागीरहेको वताईन् ।कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मना केसीले सुकुम्वासीहरुको चाहना लालपुर्जा रहेको वताउदै वर्तमान सरकारले साकार वनाउने वताईन् ।कार्यक्रममा नेपाली काग्रेसका पोखरा १७ का सभापनि देवराज आचायले समाजलाई परिपर्वन गर्न टोलवासीको प्रयास रहेको वताउदै टोलहरुलाई नमुना वनाउनु पर्ने वताए ।कार्यक्रममा समाजसेवी रुद्र खत्री , सुवास ढुङगाना प्रकाश शर्मा, लगायतले शुभकामना राखेका थिए ।कार्यक्रम नमुना टोल विकाश संस्थाका अध्यक्ष पुण्य प्रसाद उप्रेतीको अध्यक्षतामा भएको थियो ।





