पर्वत,११ फागुन – समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पनि मिलेमतो भएको दावी गरेका छन ।
पार्टीको सङ्गठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत शनिवार पर्वतमा आइपुगेका उनले प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकोले कमिसनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको दाबी उनको छ । ‘प्रधानमन्त्री ओली आफैm भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेका छन्। खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ ।’ डा. भट्टराईले भने, ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकोले यो मुद्दा गम्भीर रूपमा आएको छ । २ महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो, थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने ?’
फागुन ३ गते आफूmमाथि औला ठड्याउने दुस्साहस गरेको दाबी गर्दै अहिलेको सरकार भ्रष्टाचारको नमुना भएको बताए । ‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैmलाई पर्छ । अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो । म तिर फर्केर आकाशतिर थुक्नुभयो ८ गते त आप्mनै मुखमा प¥यो ।’ उनले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ, मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ त्यसैले यो भन्दा बढी केही पनि भन्दिन। केही भयो भने पश्चाताप हुन्छ ।’
प्रधानमन्त्रीले समृद्धि भइरहेको दाबी गरेर सरकारका गुणगान गाइरहँदा आप्mनै पार्टीका मान्छेहरूले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्ष सम्म सरकारले केही गर्न नसकेको तर पछिल्ला केही दिनमा पापको घैँटो भने फुटेको बताए । ‘यो दुई वर्षमा विकास र निर्माणको कुनै आभास भएको थिएन । तर के गर्न सकेको रहेछ भन्ने त काण्डै काण्डले देखाएको छ ।’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘एनसेल काण्ड हुँदै, वाइड बडी, यति काण्ड हुँदै अहिले प्रिन्टिङ प्रेसको काण्ड त फुत्त बाहिर आयो नि । पापको घैँटो फुटेको त हामीले देखिरहेका छौँ ।’
अर्को प्रसंगमा बोल्दै उनले देशको प्रगति चाहने हरेक व्यक्तिहरू समाजवादी पार्टीमा आउनु आवश्यक रहेको बताए । वर्तमान नेकपा र काँग्रेस दुवै दलमा रहेका कतिपय राम्रा मान्छेहरू रहेको तर उनीहरूको बिचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता बिचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकोले बुद्धिजीवीहरू आप्mनो पार्टीमा आउनु उपयुक्त हुने भट्टराईको भनाई छ । दुई तिहाइ बहुमत प्राप्त नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी मात्र भएको उनको दाबी छ । ‘बीउ राम्रो भएर रुख राम्रो हुने जस्तै समाजवादीमा आस्था राख्नेहरूको सङ्ख्या थोरै भए पनि सडेको बीउ नपरेको कारण भविष्यको शक्ति यही नै हो ।’ उनले भने, ‘सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको एकीकृत रूप नै हाम्रो पार्टीको मर्म हो। समानुपातिक र समावेशी लोकतन्त्रको पक्षमा हाम्रो पार्टी हो ।’
कार्यक्रममा नेकपा र नेपाली काँग्रेसको राजनीति गर्दै आएका तथा आस्था राख्दै आएका दर्जनौँ व्यक्तिहरू डा.भट्टराईको हातबाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।





