सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पाउँदुर महायज्ञको आय–व्यय सार्वजनिक

पाउँदुर महायज्ञको आय–व्यय सार्वजनिक


  • Dhorpatan News
  • फाल्गुन ११ २०७६, आइतबार

पाउँदुर(अन्नपूर्ण), ११ फागुन – कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि गरिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।यज्ञबाट झण्डै एक करोड वचत हुन सफल भएको छ।यज्ञमा कुल एक करोड २३ लाख पाँच हजार ८ सय २५ आग्दानी भएकोमा संचालन वापतको खर्च कटाएर ९५ लाख २८ हजार ८ सय ३८ बचत हुन आएको शुक्रवार आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष चन्द्रबहादुर गुरुङले मन्दिरलाई पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने तर्क गरे ।उनले विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी मन्दिरको स्तरउन्नती गर्नुपर्नेमा जोड दिर्दै भगवान् शिवको शक्तिका कारण महायज्ञ सफल भएको औँल्याए।मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले सबैको साथ सहयोगबाट यज्ञ सफल भएको बताए।उनले यज्ञमा व्यक्त लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिर्दै आगामि दिनमा पनि पाउँदुरवासीको उल्लेख्य सहयोग पाइरहने विश्वास लिए।उक्त कार्यक्रममा सहअध्यक्ष कुलबहादुर गुरुङ कुलु, कोषाध्यक्ष भेषराज पौडेल, मन्दिर व्यवस्थापन समितिका सचिव फणिन्द्रप्रसाद पौडेलले लगायतले पनि धारणा राखेका थिए ।त्यस्तै सचिवालय सदस्य मदनप्रसाद पौडेलले यज्ञको आम्दानी तथा खर्चबारे जानकारी दिएका थिए ।यहि माघ १० गतेदेखि १८ गतेसम्म यज्ञ भएको थियो ।जस मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->