पोखरा,११ फागुन – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा आइतबारबाट पोखरामा क्यान इन्फोटेक–२०२० आयोजना हुँदैछ ।
११औं संस्करणको गण्डकी प्रदेशस्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ १५ गतेसम्म जारी रहने आयोजक संस्थाका सचिव सेवक लामिछानेले जानकारी दिए । शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदर्शनीको सबै तयारी पूरा भएको जानकारी पनि दिए ।उनका अनुसार सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने उदेश्यले आयोजित इन्फोटेकमा कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिइने छ । यसैगरि
प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइ.सि.टि वक्तित्व प्रतियोगिता,विद्यालयस्तरीय जिल्ला तथा प्रदेश स्तरिय आइटी क्विज कन्टेस्ट, आइ.सि.टि.रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी,रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण पनि प्रदर्शनीको विशेषता रहने छ ।
यस पटकको क्यान इन्फोटेकमा बिजनेससम्बन्धि छलफल, शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटि क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ भने ग्राफिक्स डिजाईन तथा हार्डवयर एण्ड नेटवर्र्क जानेकाहरुलाई रोजगारको व्यवस्था पनि गरिएको छ ।
प्रदर्शनी सम्पन्न गर्न क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।





