सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मादीमा गाउँघर स्वास्थ्य क्लिनिक

मादीमा गाउँघर स्वास्थ्य क्लिनिक


  • Dhorpatan News
  • फाल्गुन ११ २०७६, आइतबार

पोखरा,११  फागुन – गण्डकी अञ्चल आयुर्वेद औषधालय कास्कीको आयोजनामा नसर्ने रोग व्यवस्थापन र आयुर्वेद स्वास्स्थ सेवाबाट टाढा रहेका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले गाउँघर स्वास्थ्य क्लिनिक स्थापना भएको छ ।
यही माघ २८ गते मादी ५ का वडाध्यक्ष रतन बहादुर गुरुङको संयोजकत्वमा समति गठन भई फागुन १० गतेबाट सेवा सुचारु गरिएको हो । स्वास्थ्य सेवा लिनेको सहभागिता अत्यधिक रहेकोले हरेक महिना प्रदान गर्दै लामो समयसम्म निरन्तरता दिने का साथ स्थापना भएको वरिष्ठ आयुर्वेद निरिक्षक झलक शर्माले बताए । यसबाट ग्रामिण क्षेत्रका सबै वर्गका नागरिक यसबाट लाभान्वित हुने देखिन्छ । यसको अर्को उद्देश्य गाउँका मानिस साधारण रोगबाट पिडित भएर पनि उपचारबाट बन्चित भएको हुँदा यस्तो सेवाबाट उपचार गर्ने पद्दतीको विकास गर्ने योजना समेत रहेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->