सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

प्रारम्भिक कक्षा पढाइ प्रभावकारी, निरन्तरता दिन जोड

प्रारम्भिक कक्षा पढाइ प्रभावकारी, निरन्तरता दिन जोड


  • Dhorpatan News
  • फाल्गुन ११ २०७६, आइतबार

पोखरा,११ फागुन – विद्यार्थीहरुमा पढन शिप विकास गर्ने उदेश्य सहित सन् २०१४ देखि सुरु राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बनेको पोखरामा आईतवार आयोजित एक कार्यक्रमका वत्ताहरुले बताएका छन ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कास्कीले आईतवार पोखरामा आयोजना गरेको समिक्षा कार्यक्रममा सहभागीहरुले कार्यक्रमले विद्यार्थीको सिकाई कला र शिक्षकको बुझाउने कलामा राम्रो प्रभाव सगै सकारात्मक प्रभाव पारेकोले कार्यक्रमलाई निरन्तरता दिन समेत सहभागीहरुले जोड दिएका थिए ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सन २०१४ वाट सो कार्यक्रम देशका १६ जिल्लामा लागु गरेको थियो । कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनशिप अभिबृद्धि गर्ने उदेश्य सहित सुरु भएको कार्यक्रम आउदो बैशाख १८ गते सकिदैछ । कार्यक्रमको अबधि सकिएपनि नेपाल सरकार सगै स्थानिय निकायले यसलाई निरन्तता दिन सहभागीहरुको माग थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनवहादुर क्षेत्रीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षाको सम्वन्ध सुधार्ने काम गरेको बताए । कार्यक्रमले शिक्षण पद्धती, सिकाउने कला, विद्यार्थीलाई विद्यालय जानुपर्छ भन्ने भावनाको विकास गरेको भनाई समेत उहाँको थियो । अव सरकारी विद्यालयहरुमा विद्यार्थी संख्या बढाउने काममा सवै लाग्नुपर्ने उनको भनाई थियो ।
शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले कार्यक्रमलाई सफल कार्यक्रमको रुपमा हेरीएको भन्दै जुन लक्ष्यका साथ कार्यक्रम सुरु भएको हो त्यसका करिव करिव लक्ष्य नजिक पुगेको जानकारी दिए । कार्यक्रमले विद्यालयको सुधारमा समेत धेरै सहयोग गरेकाले दातृ निकायको सहयोगको समय सकिएपछि समेत स्थानिय स्रोत साधन प्रयोग गरि कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सुवेदीको जोड थियो ।
कार्यक्रमका क्षेत्रीय संयोजक दिपक शर्माले कार्याक्रम मार्फत बालवालिकाको पढन शिप क्षमतामा धेरै विकास गरेको र तालिम मार्फत शिक्षकहरुको क्षमता बृद्धी गरेकाले त्यसको सकारात्मक प्रभाव कक्षा कोठामा देखीएको बताए । अभिभावकमा समेत आफनो बच्चाको पढन पाठनमा सहयोग गर्नुपर्छ भन्ने धारणाको विकास भएको शर्माले जानकारी दिए ।
कार्यक्रमका कास्की जिल्ला संयोजक कुष्ण खतिवडाले गण्डकी प्रदेशका ११ मध्ये तिन जिल्ला कास्कीमा ३७२, मनाङमा २७ र मुस्ताङम ५५ गरि ४५४ बटा विद्यालयमा कार्यक्रम संचालनमा रहेका जानकारी दिए ।
सन २०१४ वाट कार्यक्रम सुरु भएकोमा सन २०१६ लाई आधार अध्ययन बर्ष र सन २०१८ मा मध्यावधि मुल्याङकन वर्ष मानि गरिएको अध्ययन अनुसार आधार रेखा अनुसार एक विद्यार्थीले एक मिनेटमा ४५ शब्द पढ्न सगै पढेको शब्दको ८० प्रतिशत अर्थबोध गर्न सक्नु पर्नेमा कार्यक्रम सुरु गर्नु अघि सो संख्या ०.९ प्रतिशत रहेकोमा हाल ३.१४ प्रतिशत पुगेको, शुद्ध संग पढ्न सक्ने संख्या आधार वर्षमा ५२ प्रतिशत रहेकोमा मध्यावधिमा ६६ प्रतिशत पुगेको, कम्तिमा एक शव्द शुद्धसंग पढ्न सक्ने बिद्यार्थीको संख्या ३० बाट बढेर ४३ प्रतिशत पुगेको कार्यक्रममा जानकारी दिइयो ।
त्यसैगरी तोकिएको शब्द शुद्धसंग पढी अर्थ बोध गर्न सक्नेको संख्या ११ बाट २६ प्रतिशत, कार्यक्रम मार्फत ९१ प्रतिशत विधार्थीको हातमा अभ्यास पुस्तिका पुगेको, ९६ प्रतिशत विद्यालयमा विद्यार्थी अभ्यास पुस्तिकाको प्रयोग, ९८ प्रतिशत, विद्यालयमा शिक्षक निदशिका र अन्य शैक्षिक सामग्री जस्तै पिन, चार्ट, विसङ्केत किताबको प्रयोग ८४ प्रतिशतले प्रयोग गरेको सो अवसरमा जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->