शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेविसंघ कास्कीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

नेविसंघ कास्कीद्वारा चरणबद्ध आन्दोलनको घोषणा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा,१३ फागुन – नेपाल विद्यार्थी संघ कास्कीले मंगलबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेविसंघले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
गएको बिहीबार अनेरास्ववियु र नेविसंघबीच पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा हानाहान हुँदा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त गम्भीर घाइते भएका थिए । घाईतेद्वयको उजुरीको आधारमा प्रहरीले नेविसंघ सभापतिका उम्मेद्वार रेशम हमाल (राजेश)लाई सोमबार बिहान पक्रेको थियो ।
हमाललाई पक्रेको विरोधमा नेविसंघले गण्डकी प्रदेश सभाअघि आधि घण्टा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेको थियो । यस्तै, चिप्लेढुंगाअघि पनि नेविसंघका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । टायर बालेर चक्काजाम गर्ने दुई जनालाई प्रहरीले चिप्लेढुंगाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई अहिले छाडिसकेको छ ।
बिहीबारको पिएन क्याम्पस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेवि संघ कास्कीका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
यता, क्याम्पस प्रमुखले वार्ताको लागि बोलाएर प्रहरीलाई खबर गरि आफ्ना कार्यकर्ता राजेशलाई पक्राउ गराएको नेविसंघको आरोप छ । नेवि संघ कास्कीले मंगलबार पिएन क्याम्पस अघि चक्काजाम सहित विरोध गर्ने कार्यक्रम तय गरेको छ । यस्तै, सरकारी गाडिलाई आवागमनमा रोक लगाउँने र १५ गतेदेखि अनिश्चितकालिन कास्कीका शैक्षिक संस्था पूर्णरुपमा ठप्प गराउँने नेविसंघका निर्वतमान सदस्य भानु ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->