पोखरा १४, फागुन – तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी अन्तर कलेज निवन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन् । उनी रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषयतर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।
त्यस्तै द्वितीय त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय सुष्मा गोदावरी कलेज,इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुंगाका रामचन्द्र अधिकारी भएका छन् । ‘विकास, राजनीति र रविन्द्र अधिकारी’ विषयमा आयोजित निवन्ध प्रतियोगितामा नेपालभरीका स्नातक तह र सो भन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीहरूका निवन्धहरू समावेस गरिएको थियो । सो निवन्धमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. २५ हजार, रु. २० हजार र रु. १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्ने प्रतिष्ठानले जनाएको छ ।
विजयी प्रतियोगीहरूलाई अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा पोखराको सभागृहमा फागुन १५ गते विहान ११ः०० बजे आयोजना हुने स्मृति सभामा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।





