बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतकी निरुताले जितिन उपाधी

पर्वतकी निरुताले जितिन उपाधी


  • Dhorpatan News
  • फाल्गुन १५ २०७६, बिहिबार

पोखरा,१५ फागुन – गण्डकी प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा पर्वतकि निरुता शर्मा प्रथम भएकी छन । राष्ट्रिय युवा परिषद को आयोजना तथा सामाजिक विकास मन्त्रालयको ब्यबस्थापनमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा गोरखाकि बिपना गान्धारी दोस्रो र म्याग्दीकि सुदिप्ता पौडेल तेस्रो बनिन । उनिहरुले क्रमस २०,१५ र १० हजार पुरस्कार हात पारे । साथै उनिहरु आगामी चैत ५ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको प्रतियोगितामा गण्डकी प्रदेशको तर्फ बाट सहभागी हुने अवसर समेत प्राप्त गरेका छन ।

स्थानीय तह ,जिल्ला हुँदै छनोट भएका युवाहरुको विचमा शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयमा प्रतियोगिता संचालन गरिएको थियो । गण्डकी प्रदेशको मनाङ बाहेक अन्य दस जिल्लाबाट १६ देखि २४ वर्ष उमेरका युवा तथा युवती प्रतियोगितामा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीयताको कारण राज्य संग नागरिकको प्रत्यक्ष पहुँच पुगेको बताउदै नागरिकले हक अधिकार र सेवा सुबिधा लिन अग्रसर बन्नुपर्ने बताएन। ग्रामीण भेगमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुने र सरकारको लगानिको उपलब्धि नहुने अवस्थालाई मध्यनजर गर्दै प्रदेस सरकारले नमुना आवासीय विद्यालयको परिकल्पना गरेको मन्त्री पुन ले बताइन । भौगोलिक अवस्थाको कारण घन्टौ हिडेर विद्यालय पुग्नु पर्ने विद्यार्थीको बाध्यताको अन्त्य गरि गुणस्तरिय शिक्षा प्रदान गर्न को लागि यो अवधारणा अघि सारेको उनले बताइन । कला सस्कृती र खेलकुद मार्फत प्रदेशलाई समृद्ध बनाउनको लागि खेल र संगित को विशेष विद्यालय स्थापना गर्ने मन्त्री पुनले बताइन् ।
राष्ट्रिय युवा परिषदका सदस्य दिलिप न्यौपाने देश विकास र परिवर्तनको लागि युवाको भुमिका अपरिहार्य रहेको बताउदै युवाको प्रतिभाको खोजी तथा प्रोत्साहनको लागि परिषदले काम गरिरहेको बताए । कुलत र कुसंस्कार बाट सचेत बन्दै सकारात्मक सोचका साथ युवाहरू परिवर्तनकोलागि अग्रसर बन्नुपर्ने उनको भनाई थियो ।पछिल्लो समय युवाहरूको लागि विभिन्न अवसर सिर्जना भएपछि विदेश जाने लहर दुस्खद भएको उनको भनाइ थियो ।
कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माको अध्यक्षता , युवा तथा खेलकुद महाशाखा प्रमुख तेजराज काफ्लेको स्वागत र शाखा अधिकृत प्रकाश ओझाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->