शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रधानमन्त्रीको आत्मबल बलियो, मन्त्रीहरूलाई भने : ‘मानसिक र शारीरिक रूपमा तयार छु, एक हप्तामा ठीक हुन्छु’

प्रधानमन्त्रीको आत्मबल बलियो, मन्त्रीहरूलाई भने : ‘मानसिक र शारीरिक रूपमा तयार छु, एक हप्तामा ठीक हुन्छु’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७६, आइतबार

काठमाडौं, १८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु एकदिन पहिले उनी व्यस्त रहे ।  बिहान नेकपा सचिवालय बैठकमा स्वास्थ्य लगायत समसामयिक विषयमा छलफल गरेका उनले साँझ मन्त्रिपरिषद् बैठक डाके। दुवै बैठकमा उनले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराए।मन्त्रिपरिषद् बैठकमा आफ्‍नो स्वास्थ्यबारे मन्त्रीहरूलाई ओलीले जानकारी गराएका थिए। ‘अहिले स्वास्थ्य ठीक छ। म मिर्गौला प्रत्यारोपण गरेर एकहप्तामा ठीक हुन्छु। म मानसिक र शारीरिक रूपमा सबै हिसाबले तयार छु,’ प्रधानमन्त्री ओलीको भनाइ उल्लेख गर्दै एक मन्त्रीले भने। प्रधानमन्त्रीको आत्मबल बलियो देखिएको ती मन्त्रीले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->